ताजा अपडेट »

प्रधानमन्त्रीको आह्वानमा सत्तापक्षीय दलको बैठक बस्दै

बुधबार, १७ बैशाख २०८२, ०७ : ३४
48 Shares
बुधबार, १७ बैशाख २०८२
48 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तापक्षीय दलको बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा बुधबार बिहान ११ बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सत्तापक्षीय गठबन्धनमा कांग्रेस, एमालेसँगै लोसपा, नागरिक उन्मुक्ति, जनमत, जसपा लगायतका दल छन्। 

बैठकमा शिक्षक आन्दोलन, सरकारको नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल हुने छ । आन्दोलनरत शिक्षकहरूसँग नियमित वार्ता भइरहेको भए पनि सहमति जुट्न सकेको छैन । मङ्गलवार पनि वार्ता भएको थियो । तर सहमति जुट्न सकेन । सत्तारुढ दलहरूको बैठकले तत्काल मन्त्रिपरिषदबाट गर्न सकिने निर्णय र सरकारले पूरा गर्नसक्ने मागहरूका विषयमा आन्तरिक परामर्श गर्नेछन् ।

शिक्षकहरूको आन्दोलनका लागि नयाँ शैक्षिक सत्रको भर्ना अभियान प्रभावित भएको छ । कक्षा १२ को परीक्षा र एसईईको उत्तर पुस्तिका जाँचको काम पनि प्रभावित भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।