ताजा अपडेट »

सरकार र शिक्षक बीचको वार्ता फेरी पनि पनि निश्कर्षविहिन

मंगलबार, १६ बैशाख २०८२, २३ : ११
54 Shares
मंगलबार, १६ बैशाख २०८२
54 Shares

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरु बीच भएको वार्ता मँगलबार पनि निष्कर्षविहीन भएको छ । मंगलबार रातिसम्म सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको वार्ता निष्कर्षविहीन भएको हो । 

वार्ता सकिएपछि शिक्षामन्त्री रघुजी पन्तले छलफल सकारात्मक भएको प्रतिक्रिया दिएपनि थप बोलेनन् । उनले भने, ‘हामी शिक्षकहरुसँग वार्तामा छौँ । त्यो वार्ता सकारात्मक ढंगले अघि बढिरहेको छ । सम्भव भएसम्म हामी त्यसलाई छिटो टुंग्याउन प्रयत्न गर्छौँ ।’ 

लक्ष्मीकिशोर सुवेदी नेतृत्वमा शिक्षकहरूको टोली वार्तामा सहभागी थियो ।  शिक्षक सङ्गठनहरूले विभिन्न माग राखी चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन् । यसअघि सोमबार भएको वार्ता पनि निष्कर्षविहीन बनेको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।