ताजा अपडेट »

सम्पर्क समाज गाउँको पर्यटकीय विकासमा लाग्नु पर्नेमा जोड

सोमबार, १५ बैशाख २०८२, १९ : ५८
22 Shares
सोमबार, १५ बैशाख २०८२
22 Shares

बुटवल । भुतुङ छापचौर तराई सम्पर्क समाजले नयाँ वर्ष २०८२  को शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै भुतुङ छापचौर तराई सम्पर्क समाजका संरक्षक हिराध्वज साहले सम्पर्क समाज भनेको जन्मस्थान र पहाड र मदेशलाई विकास मेलमिलापसँग जोडनु मुख्य उदेश्य रहेको बताए ।

सम्पर्क समाजले गर्ने हरेक राम्रा कामले समाजको योगदान पहिचान झलकाउने हुँदा सबैले राम्रो मन वचनले काम र्गनुपर्ने उनको भनाई छ । सम्पर्क समाज भनेको जन्म ठाउँ छोडेर आएका तराईमा बसोबास गर्ने हरेक सदस्यको दुःख सुखमा साथ सहयोग गर्नु रहेको भन्दै सबै सदस्य एकजुट भएर काम गर्नु जरूरी रहेको बताए । 

सम्पर्क समाजले  सुनसान हुँदै गएको जन्म गाउँको पर्यटन बिकासमा सहयोगी बनेर काम गर्न आग्रह गरे ।  सम्पर्क समाजका अध्यक्ष राज कुमार केसीले समाजले गाउँबाट तराई आएर बसोबास गरेका हरेक सदस्यको सुख दुःखमा काम गदै आएको बताए ।

कतिपय व्यक्तिले समाजलाई घमिलाउन गलत प्रचार गरेको भन्दै अध्यक्ष केसीले भने हामीहरू गलतको पछि लाग्ने नभई समाजलाई अगाडी लैजान हरपल काम गरीरहेको बताए ।

दुर्गा  भवन माबि छापचौरका पुर्व प्र अ पुन्य प्रसाद गौतम  सम्पर्क समाजका बरिष्ठ उपाध्यक्ष मन बहादुर थापा, सचिव नामबहादुर केसी, सल्लाहाकार कुल बहादुर केसी,  पत्रकार महासंघ रूपन्देहीका उपाध्यक्ष तथा समाजका सल्लाहाकार बिश्वास ढकाल लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।