बुटवल । रक्तदान जिवनदान भन्ने नारा सहित बुटवलमा बृहत रक्तदान कार्यक्रम सम्पन भएको छ ।
बुटवलमा रगत अभाव देखिएपछि सोसल ग्रुप बुटवलले बृहत रक्तदान कार्यक्रम सम्पन गरेको हो । सोमबार बुटबलको रक्त संन्चार केन्द्रमा आयोजित रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेको सोसल गुरूपका अध्यक्ष भोज बहादुर थापाले बताए ।
पछिल्लो समय बुटवलमा रगतको माग बढदै गएको र रक्त संचार केन्द्रमा रगत अभाव हुन थालेपछि केन्द्रको आग्रहमा तत्काल रक्तदान कार्यक्रम राखेर बिरामीहरूलाई सहज बनाईदिएको संस्थाका सचिव अशोक राईले बताए । पछिल्लो समय रक्तसंचार केन्द्र बुटवल शाखामा ए प्लस, वि प्लस र एवि प्लस रगतको अभाव रहेको रक्त संचार बुटवले जनाएको छ ।
बुटवलमा बिरामीहरूको चापसँगै रगतको माग समेत बढेको र रगतको माग पुरा र्गन अकस्मात रक्तदान कार्यक्रम आयोजना गरिएको सोसल ग्रुपका उपाध्यक्ष बिण्णु थापाले बताए ।
सोसल ग्रुप बुटवलले विभिन्न सामाजिक कार्यक्रमहरू गर्दै आएको छ । रक्तदान सडक डिभाईडरमा वृक्षारोपण, निःशुल्क स्वास्थ्य शिविर तथा विपन्नलाई खाद्यान्य वितरण जस्ता सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।
प्रतिक्रिया