ताजा अपडेट »

कैलालीमा सुई लगाउँदा युवाको मृत्यु, घटनामा संलग्न व्यक्ती फरार

मंगलबार, १६ बैशाख २०८२, ०९ : १९
102 Shares
मंगलबार, १६ बैशाख २०८२
102 Shares

कैलाली । कैलालीमा उपचारका क्रममा सुई लगाउनासाथ एक युवकको मृत्यु भएको छ। घोडाघोडी नगरपािलका-८ आमफाँटाका ३५ वर्षीय निरज बहादुर शाहीको मृत्यु भएको हो। 

इन्द्र चौधरी दहितले सञ्चालन गरेको स्थानीय दहित मेडिकलमा उपचारकाे क्रममा शाहीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका डीएसपी रमेश अवस्थीले बताए। शाही सोमबार बिहान शरीर र छाती दुखेको भन्दै घरबाट आफैँ मोटरसाइकल चलाएर मेडिकलमा गएका थिए। त्यहाँ जाँच पश्चात् ल्याब असिस्टेन्ट टीकापुर नगरपालिका-५ का महावीर चौधरीले सुई लगाइ दिएका थिए।

सुई लगाएको केहीबेरमै शाहीले मेडिकलमै प्राण त्यागेका हुन्। याे घटना लगत्तै सुई लगाउने चौधरी फरार भएका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। काठमाडौंमा रहेका मेडिकल सञ्चालक घटनापछि घर फर्किएका छन्। मृतक शाहीको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।