ताजा अपडेट »

सुशान्त केसीको चर्चित गीत ‘बार्दली’ काे हिन्दी संस्करण ‘टी सिरिज’मा साबर्जनिक

मंगलबार, १६ बैशाख २०८२, ०८ : ५२
44 Shares
मंगलबार, १६ बैशाख २०८२
44 Shares

काठमाडाैं । गायक सुशान्त केसीको गीत चर्चित गीत ‘बार्दली’ हिन्दी भर्सनमा सार्वजनिक भएको छ। भारतीय चर्चित संगीत उत्पादन कम्पनी ‘टी सिरिज’ ले नेपाली गायक केसीको यस गीतलाई हिन्दी भाषामा सार्वजनिक गरेको हो। 

 टि–सिरिजले सोमबार आफ्नो युट्युब च्यानलमा गीत रिलिज गरेको हाे । रिलिज गरेको २४ घन्टा नपुग्दै याे गितले १६ लाख भन्दा बढी भ्यूज पाएको छ । आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हिन्दी भर्सनमा गीतको बोल ‘उफ’ राखिएको छ। गीतको भिडिओमा सुशान्तसहित अभिनेत्री स्वस्तिमा खड्का फिचर्ड छन्।

11
भिडिओको सेटिङ एउटै भएपनि नेपालीमा फिचर्ड भएका अन्य कलाकारलाई भने हिन्दी भर्सनमा देखाइएकाे छैन। इन्द्रकला राईको नेपाली गायकीलाई चाहीँ जस्ताको त्यस्तै राखिएको छ। भारतीय चर्चित म्युजिक कम्पनीसँगको सहकार्यलाई नेपालको लागि ठूलो महत्त्वका साथ हेरिएको छ। 

केहीमहिनाअघि सार्वजनिक नेपाली संस्करण निकै चर्चित भएको थियो। ग्लोबल ट्रेन्डिङसम्म पुगेको यस गीतलाई युट्युवमा पौने ८ करोड पटक हेरिएको छ।

टि सिरिजले यसअघि पनि केही नेपाली संगीतकर्मीसँग सहकार्य गरिसकेको छ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।