ताजा अपडेट »

सुदूरपश्चिम पुग्यो माओवादी केन्द्रको जागरण अभियान

मंगलबार, १६ बैशाख २०८२, ०८ : ५९
10 Shares
मंगलबार, १६ बैशाख २०८२
10 Shares

बुटवल । नेकपा माओवादी केन्द्रको तराई-मधेश जागरण अभियान सुदूरपश्चिम पुगेको छ  । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बिहान सूर्यपुरदेखि सत्ती बजारसम्म मर्निङवाक गर्दै कैलाली कञ्चनपुरमा जागरण अभियानको शुभारम्भ गरेका छन् ।

उनले ९ बजे देखि १० बजेसम्म वडा नं ९ को झुंगामा जनसभा कार्यक्रम र ११ बजे कैलारी गाउँपालिका-५ वैसपुरमा सहिद परिवार भेटघाट कार्यक्रम रहेको माओवादी केन्द्रले जानकारी दिएको छ। साढे १२ बजे कैलारी गाउँपालिका-५ वैसपुरमा जनसभा,दिउँसो साढे २ बजेसम्म धनगढी उपमहानगरपालिकाको डिपोबजारमा सहिद परिवार भेटघाट र साढे ३ बजे धनगढीको ओम पार्टी प्यालेसमा अन्तरक्रिया कार्यक्रम रहेको छ ।

त्यसपछि अभियान टोली हुलाकी राजमार्ग हुँदै कञ्चनपुर जाने छ । आज साँझ साढे ५ बजे अभियान टोलीलाई कञ्चनपुरका लागि धनगढी भन्सारबाट बिदाइ गरिने छ।१६ गते साँझ पुनर्वास नगरपालिका-११ डोकेबजारमा अभियान टोलीलाई स्वागत र गुम्बा निरीक्षण तथा पुनर्वास नगरपालिकाको कार्यालयमा स्वागत भेटघाट गरी वडा नं २ मोतिबस्तीमा बास बस्ने तयारी छ।

भोलि बिहान पुनर्वास नगरपालिका-२ मोतिबस्तीमा मर्निङवाक गर्ने छन् । ७ देखि ८ बजेसम्म मोतिबस्तीस्थित सहिद स्मृति सभा हलमा सहिद परिवार भेटघाट,साढे ९ देखि १० बजे बेलौरी नगरपालिका-५ स्थित रामनगर खानेपानी उद्घाटन, सहिद सालिक माल्यार्पण तथा सोभाताल अवलोकन र १०:१५ बजेदेखि ११ बजेसम्म बेलौरी नगरपालिकाको सभा हलमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम रहेको माओवादी केन्द्रले जानकारी दिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।