ताजा अपडेट »

पाल्पामा जिप दुर्घटना ३ जनाको ज्यान गयो

सोमबार, १५ बैशाख २०८२, ०७ : ३७
390 Shares
सोमबार, १५ बैशाख २०८२
390 Shares

बुटवल । पाल्पाको रैनादेवी छहरा १ सिद्धेश्वरमा सोमबार राती जिप दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ । लु१ज २३७७ नम्बरको जिप चढेर सिद्धेश्वरको असारे जंगलमा लागेको डढेलो निभाउन गएका व्यक्तिहरू सवार जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । 

सर्वोत्तम सिमेन्टको खानी नजिकै जिप १५० मिटर तल खस्दा स्थानीय दिपेन्द्र बुढा, चेतबहादुर बिक र जनक रेगामीको मृत्यु भएको हो । दुर्घटनामा सरोज बुढा र रन्जन रेस्मी घाइते भएका छन्। उनीहरुको तानसेन मिसन अस्पतालमा उपचार भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।