ताजा अपडेट »

रविन्द्र मिश्र र दुर्गा प्रसाईँलाई थप एक हप्ता हिरासत राख्न अनुमति

आइतबार, १४ बैशाख २०८२, २३ : १५
28 Shares
आइतबार, १४ बैशाख २०८२
28 Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप सात दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । गत चैत्र १५ गते तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका मिश्र, प्रसाईंसहित २५ जनालाई थप सात दिन अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँका न्यायाधीश ईश्वरी प्रसाद भण्डारीको इजलासले अनुमति दिएको हो ।

उनीहरुलाई थप अनुसन्धानका निमित्त मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४ ९६० बमोजिम ७ ९सात० दिन म्याद थप गरिदिएको अदालतले जनाएको छ । दुर्गा प्रसाईं र पशुपति खड्काले अस्वस्थ रहेको भनेर उल्लेख गरेकोमा दुर्गा प्रसाईं, रवन्द्र मिश्रको हकमा उचित स्वास्थ्य उपचारको प्रवन्ध गर्नू भनी पूर्व आदेश समेत भएको देखिँदा सोही बमोजिम गर्न र प्रतिवादी पशुपति खड्काको स्वास्थ्य उपचारको समेत उचित प्रबन्ध गर्नु भनेर आदेशमा भनिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।