ताजा अपडेट »

आगामी आर्थिक वर्षको नीति कार्यक्रम वैशाख १९ गते ल्याउने सरकारको तयारी

शनिबार, १३ बैशाख २०८२, १६ : ३७
60 Shares
शनिबार, १३ बैशाख २०८२
60 Shares

काठमाडौ । सरकारले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम वैशाख १९ गते ल्याउने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार नेकपा एमाले संसदीय दलको बैठकमा सम्बोधन गर्दै १९ गते नीति तथा कार्यक्रम पेस गरिने जानकारी दिए।

‘१९ गते नीति तथा कार्यक्रम हामी पेस गर्छौं,’ ओलीले बैठकमा भने,‘ २० गते हामी संसदीय दलको बैठक बस्छौँ। त्यसदिन हामी १९ गते पेस भएको नीति तथा कार्यक्रम सम्बन्धमा दलका नेताहरु र विज्ञहरुसमेतबाट पनि फिडब्याक लिन्छौँ।’

नीति तथा कार्यक्रम अनुसार नै सरकारले बजेट बनाउने गर्दछ। प्रत्येक वर्ष जेठ १५ गते संसद्‍‍मा बजेट प्रस्तुत हुन्छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।