ताजा अपडेट »

नेपाली क्रिकेट टिम समालह्न हइपुगे का मुख्य प्रशिक्षक 'स्टुवार्ट ल'

शनिबार, १३ बैशाख २०८२, ०६ : २७
32 Shares
शनिबार, १३ बैशाख २०८२
32 Shares

काठमाडाै । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक स्टुवार्ट ल नेपाल आइपुगेका छन्। अष्ट्रेलियन पूर्वब्याटर स्टुवार्ट शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। उनलाई स्वागत गर्न नेपाल क्रिकेट संघका पदाधिकारीहरू विमानस्थल पुगेका थिए। 

क्यानले आज शनिबारदेखि नै ५२ खेलाडी समावेश गरेर अभ्यास खेल सुरु गर्दैछ। प्रमुख प्रशिक्षक स्टुवार्टलाई पनि सोही खेलअघि सार्वजनिक गर्ने क्यानको तयारी छ।  यही अभ्यास खेलको अवलोकन गर्दै स्टुवार्टले आफ्नो योजनाअनुसार टोली निर्माण गर्नेछन्। खेलाडी छनोटकै लागि क्यानले चार टोली बनाएर दुई चरणको लिग सञ्चालन गर्न लागेको हो।
 
अष्ट्रेलियन पूर्वब्याटर स्टुवार्टलाई क्यानले चैत १५ गते अप्रिलदेखि लागू हुने गरी २ वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो। 

स्टुवार्टले यसअघि अमेरिकन टोलीको मुख्य प्रशिक्षक भएर काम गरीसकेका छन। त्यसअघि श्रीलंका, बंगलादेश र अस्ट्रेलियाकै क्रिकेट टिममा पनि विभिन्न भूमिकामा रहेर काम गरिसकेका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।