काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासंघले तय गरेको वार्ता टोलीसँग सम्बाद गर्न तयार रहेको जनाएका छन् । शिक्षक महासंघ र सरकार बीच हुने भनिएको वार्ता अन्तिम समयमा भाडिएपछि मन्त्री पन्तले पुनः वार्तामा बस्न आफूहरू तयार रहेको जनाएका हुन् ।
‘शिक्षक महासंघले आधिकारिक वार्ता टोली गठन गरेर पठाओस्, सरकार उनीहरूसँग वार्ता गर्न तयार छ,’ मन्त्री पन्तले भने । तर, शिक्षक महासंघले भने आज मन्त्रालयलेले ‘गेट पास’का लागि पठाएको नामावली आधिकारिक नभएको भन्दै सिंहदरबार प्रवेशद्वारबाट फर्किएको थियो । जसका कारण आज हुने भनिएको वार्ता हुन सकेको थिएन ।
प्रतिक्रिया