काठमाडौं । सरकारसँग वार्ता गर्नको लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नै २५ सदस्यीय वार्ता टोली बनाएको भन्दै नेपाल शिक्षक महासंघका अध्यक्षसहितको टोलीले बैठक बहिस्कार गरेर फर्केका छन् ।
मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली नेपाल शिक्षक महासंघले तयार नगरेको भन्दै महासंघले बैठक बहिस्कार गरेर गेटबाटै फर्केका हुन् । ‘आज नवनियुक्त मन्त्रीसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौं तर विशेष कारणबश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौं ।’ अध्यक्ष लक्ष्मी किशोर सुवेदीले भने ।
शिक्षामन्त्री रघुजी पन्तसँग वार्ता गर्न सिंहदरबार पुगेको शिक्षक महासंघका नेता गेटबाट फर्किएका छन् । मन्त्रालयले २५ सदस्यीय टोली बनाएको भनेर महासंघले आपत्ति जनाएको छ ।
प्रतिक्रिया