बुटवल । बुटवल उपहानगरपालिका-१३ झोलुङ्गे पुल नजिकै एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुटवल ११, बुद्धनगर बस्दै आएका अन्दाजी ३८ वर्षीय टेकबहादुर चौधरी मृत फेला परेका हुन् ।
प्रहरीका अनुसार शुक्रबार विहान चौधरी पानीको नहरमा घोप्टो अवस्थामा मृत फेला परेका थिए । घटना बारे थप अनुसन्धानका लागि शवलाई पास्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ । अन्य विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया