ताजा अपडेट »

देउवा दम्पत्ति स्वदेश फर्किए, सत्ता समीकरण फेरबदल नहुने दुबैको प्रष्टिकरण

शुक्रबार, १२ बैशाख २०८२, १३ : १९
88 Shares
शुक्रबार, १२ बैशाख २०८२
88 Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता समीकरण फेरबदल हुने कुनै सम्भावना नरहेको प्रष्टीकरण दिएका छन्। बैंककबाट फर्किएर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सत्ता समीकरण फेरबदल हुने हल्ला मात्रै भएको बताए।

देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्ने चर्चा चलिरहेको बेलामा देउवाले यस्तो प्रतिक्रिया दिएका हुन्। विपक्षी दल नेता पुष्पकमल दाहाल प्रचण्डले हिजो देउवा फर्केपछि नयाँ समीकरणको लागि देउवासँग औपचारिक कुराकानी गर्ने संसदीय दलको बैठकमा जानकारी गराएका थिए।

यसैबीच परराष्ट्रमन्त्री आरजु राणाले पनि सरकार परिवर्तनको हल्ला खण्डन गरिन् । यो भ्रमणमा कांग्रेस सभापति शेरबहादुर देउवाको कुनै राजनीतिक भेटघाट नरहेको उनको भनाइ थियो । ‘उहाँको यो स्वास्थ्य चेकअप र पसर्ननल भ्रमण हो, भेटघाटको कुनै कार्यक्रम थिएन,’ राणाले भनिन् ।

सरकार परिवर्तनको हल्लाबारे पत्रकारले सोधेको प्रश्नमा उनले जवाफ दिइन्, ‘तपाईँले नै भन्नुभयो हल्ला भनेर । यो हल्ला मात्रै हो । केही समय सुनसान भयो भने मनोरञ्जनका लागि न्यूजहरु आउने गर्छ । सरकार परिवर्तन त नेपालभित्रै बसेर गर्नुपर्ने होला विदेशमा बसेर हुँदैन । न्यूज हेरेर हामी आफै छक्क पर्यौँ ।’ उनले बैंककबाटै सभापति देउवाले प्रधानमन्त्री ओलीसित हिजो टेलिफोनमा कुराकानी गरेको जानकारी दिइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।