ताजा अपडेट »

नेजाले मनायो १८ औं स्थापना दिवस, एनआरएनए अमेरिकासँग सहकार्य गर्ने सम्झौता

विहीबार, ११ बैशाख २०८२, २३ : ५८
16 Shares
विहीबार, ११ बैशाख २०८२
16 Shares

अमेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले अमेरिकाको भर्जिनियामा १८ औं स्थापना दिवस मनाएको छ । सन् २००७ अप्रिल २१ र २२ मा भर्जिनियाको आर्लिङ्टनमा पहिलो अधिवेशन सम्पन्न गरेसँगै नेजाले अप्रिल २१ लाई आफ्नो स्थापना दिवसको रुपमा मनाउँदै आएको छ । 

२०२५ अप्रिल २० शनिबार १८औं वर्ष पार गरेको अवसरमा भर्जिनियामा स्थापना दिवस मनाएको हो । सन् २००७ मा गिरीश पोखरेलको अध्यक्षतामा गठन भएको नेजाले १८औं वर्ष अवधिमा उत्तर अमेरिकामा रहेका नेपाली पत्रकारहरुलाई संगठित गर्दै नेपाल पत्रकार महासंघस“गको समन्वयमा पत्रकारिता पुरस्कार स्थापना, पत्रकारको लेखनवृति, क्षमता विकास र हकहितका लागि विभिन्न योजना कार्यान्वयनसँगै र सामाजिक कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

नेजा अध्यक्ष सुरज भण्डारीको अध्यक्षता एवं नेपाली दूतावासको कार्यालय वासिङ्टन डीसी नियोग उपप्रमुख शरदराज आरनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्ष डा. अर्जुन बन्जाडे, नेजाका संस्थापक अध्यक्ष गिरीश पोखरेल, पूर्वअध्यक्ष भोला आचार्य, पूर्वकार्यबाहक अध्यक्ष कृष्ण शर्मा र मानार्थ सदस्य योगेश उपाध्यायले नेजाको भूमिका एवं योगदानबारे चर्चा गरेका थिए । 

कार्यक्रममा नेपाली दूतावासको कार्यालय वासिङ्टन डीसी नियोग उपप्रमुख शरदराज आरनले दूतावास अमेरिकामा रहेका नेपाली पत्रकारस“ग हरपल समन्वय एवं सहकार्य गर्न तत्पर रहेको बताए । उनले सूचना संप्रेषण र पत्रकारका लागि आवश्यक सूचना प्रवाहका लागि दूतावासले भूमिका निर्वाह गरिरहेको दाबीसमेत गरे  । कार्यक्रममा नेजाका अध्यक्ष सुरज भण्डारीले उत्तर अमेरिका रहेका नेपाली समुदायको हितमा पत्रकारितामार्फत सेवा पुर्याउने र उत्तर अमेरिका रहेका नेपाली पत्रकारको हितमा काम गर्दै आएको र आगामी दिनमा आफ्नो पेसाप्रति जिम्मेवार बनेर नेजा अघि बढ्नुपर्ने र सोहीअनुसार नेजा अगाडि बढेको पनि जानकारी दिए । 

नेजाका संस्थापक तथा सीटी अफ इन्डियाना हेड उपमेयर किरण सिटौला, एसोसिएसन अफ नेप्लिज इन अमेरिकाका अध्यक्ष डा। खगेन्द्र अधिकारी, युनाइटेड नेपाली पोलिटिकल एक्सन कमिटीका अध्यक्ष एड्रीन पोखरेल, एभरेस्ट फेडेरल क्रेडिट युनियनका प्रमुख कार्यकारी अधिकृत सुमन तिम्सिना, एनआरएनए अमेरिकाका महिला संयोजक सुनिता खत्री, एनआरएनए अमेरिकाका सल्लाहकार ददी ढुंगाना,एनआरएनए भर्जिनिया च्याप्टरका अध्यक्ष विशाल कार्की, जनसम्पर्क समिति अमेरिकाका उपाध्यक्ष केशव बराल, एनआरएनए चाईनाका पूर्व अध्यक्ष प्रदीप न्यौपानेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

नेजाका उपाध्यक्ष सुजन पण्डितको स्वागत, महासचिव बाबुराम दाहालको संचालन  र डिसी मेट्रो क्षेत्रका क्षेत्रीय संयोजक सिर्जना काफ्लेको धन्यवाद मन्तव्य रहेको कार्यक्रममा एनआरएनए अमेरिका मिडिया कोर्डिनेटर सतीश चापागाईं, आरम्भ पुस्तकालयकी अध्यक्ष मेघा बस्नेत,एर्टोनी निरन्जन अधिकारी,समाजसेवी एवं अग्रज पत्रकार जितमान बस्नेत, सुरेश अधिकारी,राष्ट्रिय लोकदोहारी प्रतिष्ठानका कोषाध्यक्ष अमृत अधिकारी, पत्रकारहरू रामसी खरेल, सम्झना नेपाल, लीलादेवी ओझा, लेखनाथ भण्डारी, विष्णु शितल, ज्योति देवकोटा, सुदीप सिवाकोटी, विश्वराज थापा, बाबु खरेल, कविन्द्र सिटौला लगायत नेजाका अग्रज, सदस्य एवं समाजसेवीहरुले धारणा व्यक्त गरेका थिए ।

यसैबीच नेपाल अमेरिका पत्रकार संघ (नेजा) र गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद् अमेरिकाको बीचमा आपसी सहकार्य समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेजाको १८ औं स्थापना दिवसको अवसरमा दुई संस्थाका बीचमा सहकार्यका क्षेत्रहरु निर्धारण गर्दै सहकार्य समझदारी पत्रमा हस्ताक्षर भएको हो । लामो समयदेखि दुई संस्थाबीच सहकार्य हु“दैं आएको भएपनि लिखित रुपमा सहकार्य सम्झौता नभएको अवस्था थियो । 

संघका हस्ताक्षर सुरज भण्डारी र एनआरएनए अमेरिकाका अध्यक्ष डा। अर्जुन बञ्जाडेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । डिजिटल रुपमा यसअघिनैं पत्रमा हस्ताक्षर भएकोभएपनि भौतिक रुपमा आईतबार सम्झौतामा हस्तारक्षर गरिएको हो । यो सहकार्यले दुई संस्था बीचको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास कार्यक्रममा दुवै अध्यक्षले व्यक्त गरे । नेजा एनआरएनए पत्रकारिता सम्मान र नेजा एनआरएनए बहस आयोजनालगायत कार्यक्रम संयुक्त अघि बढाउने उद्देश्यका साथ समझदारी पत्र तयार पारिएको हो । 

१८ औं स्थापना दिवसको अवसरमा पुस्तकालयलाई पुस्तक उपहार स्वरुप प्रदान गरेको छ । नेपाल, अमेरिका र क्यानडामा रहनुभएका पत्रकारहरुद्वारा लिखित १८ वटा पुस्तक आरम्भ पुस्तकालयलाई प्रदान गरिएको हो । आईतवार संघले भजिर्नियामा गरेको स्थापना दिवस मुल कार्यक्रममा पुस्तकालयकी अध्यक्ष मेघा बस्नेतलाई पुस्तक प्रदान गरिएको थियो । आरम्भ नेपालीहरुले संचालनमा ल्याएको पुस्तकालय हो । जुन नर्थ क्यारोलिनामा अवस्थित छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।