पाल्पा । तिनाउ गाउँपालिकामा शव फेला परेको छ । तिनाउ-३ आँपखोला मुहानस्थित तिलोत्तमा सामुदायिक जङ्गलस्थित आँपखोलाको किनारमा आज एक पुरुषको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल प्रधानका अनुसार चिन्नै नसक्ने अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलीले प्रारम्भिक अनुसन्धानपछि शव परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको छ ।
शव सडेगलेको अवस्थामा रहेकाले पहिचान गर्न नसकिएको प्रहरी निरीक्षक मल्लले बताए । उनका अनुसार करङको भाग तथा हड्डी र कङ्काल मात्र रहेको अवस्था शव भेटिएको छ ।
प्रतिक्रिया