काठमाडौँ । तपाईंले चलाउने कम्यूटरकाे विन्डोजमा खुला रूपमा छरिएका फाइलहरूले चुपचाप कम्प्युटरको स्टोरेज बढी मात्खरामा खपत गरेका हुन्छन् । यस्ता फाइलहरूले गर्दा डिभाइसमा स्टोरेज कम हुने समस्या खेखा पर्दछ । स्टोरेज कम हुँदा कम्प्युटरको परफर्मेन्स समेत तल खस्किन्छ ।
यसरी खुला रूपमा छरिएका फाइलहरूले पनि ड्राइभलाई कुरुप बनाउँछन् । यदि तपाईं पनि फाइलले खपत गर्ने अनावश्यक स्टोरेजको समस्याकाे समाधान चहनुभएकाे छ र ड्राइभमा यत्रातत्र छरिएर रहेका फाइलहरू व्यवस्थित बनाएर राख्न चाहनुहुन्छ भने तपाईंलाई काम तल दिइएका टिप्स काम लाग्ने छ । तपाइले त्यसका लागि तपाईंले गर्नुपर्ने पहिलाे काम हो — ‘फाइल कम्प्रेस’ ।
कम्प्रेस नगरिएका फाइलहरूले अनावश्यक रूपमा स्टोरेज खपत गर्छन् ! हामीमध्ये धेरैले आफ्नो पीसीमा राखिएका फाइलहरूको स्टोरेजबारे धेरै सोच्दैनौँ । तर, समयसँगै ती फाइलहरू जम्मा हुँदै जान्छन् र अन्ततः तपाईंले आफ्नो पीसीको स्पेस कम भएको ‘वार्निङ मेसेज’ देख्न सक्नुहुन्छ । तपाईंले पीसीको स्पेस बचाउने बानी अपनाउनु भएको छ भने पनि कहिलेकाहीँ फाइलले अनावश्यक स्पेस ओगटेको देख्न सक्नुहुन्छ । तर, विन्डोजमा यसका लागि एक सजिलो उपाय छ ।
धेरैलाई विन्डोजमा हुने फाइल कम्प्रेसन सिस्टम प्रयोग गर्नेबारे थाहा नहुन सक्छ । थाहा भए पनि प्रयोग नगर्नु भएको हुन सक्छ । वास्तवमा फाइलहरू पीसीमा जुन अवस्थामा छन्, त्यही अवस्थामा प्रयोग गरिरहन धेरैले कम्प्रेस गरिरहने झन्झट गर्दैनन् । फाइल कम्प्रेस गरिसकेपछि आवश्यक पर्दा एक्स्ट्र्याक्ट गर्नुपर्ने काम झन्झटिलो लाग्न सक्छ । तर, यसका थुप्रै फाइदाहरू रहेकककम छन् ।
कस्ता फाइल कम्प्रेस गर्ने ?
तपाईंले आफ्नो कम्प्युटरमा भएका सबै फाइल कम्प्रेस गर्नु पर्दैन । ती फाइल मात्र कम्प्रेस गर्नुहोस्, जो दिनहुँ खोलिरहन पर्दैन । तपाईंले दिनहुँ प्रयोग गर्ने फाइल कम्प्रेस गरेर प्रयोग गर्न खोज्दा हरेक पटक डिकम्प्रेस गर्नुपर्ने हुन सक्छ । यसले गर्दा तपाईंको काम केही ढिलो हुन्छ र झन्झटिलो पनि । त्यसको सट्टा ठूला र कहिलेकाहीँ मात्र प्रयोग गरिने फाइलहरूमा केन्द्रित हुनुहोस् :
पुरानो काम वा विद्यालयका प्रोजेक्ट फोल्डर र फाइलहरू
टेक्स्टमा आधारित ठूला फाइलहरू, जस्तै: लग वा स्प्रेडसिट
फोटो र भिडियो अभिलेख (archives), जसलाई तपाईंले एडिट गरिरहनु भएको छैन
तपाईंले चलाइसकेका तर मेटाउन नचाहेका इन्स्टल प्याकेज
सुरक्षित राख्नका लागि राखिएका ब्याकअप वा इम्पोर्ट गरिएको डेटा
याद गर्नुहोस्: ‘JPEG’, ‘MP4’, र ‘PDF’ जस्ता केही फाइल पहिले नै कम्प्रेस गरिएका हुन्छन् । तपाईंले फाइल हाई क्वालिटीमा सेयर गर्न वा आर्काइभमा राख्नका लागि जिप फाइल बनाउन सक्नुहुन्छ । यस्ता फाइल कम्प्रेस गर्दा तुलनात्मक रूपमा थोरै स्टोरेज मात्र बच्न सक्छ ।
विन्डोजको बिल्ट-इन टुल प्रयोग गरी फाइल कसरी कम्प्रेस गर्ने ?
विन्डोजमा फाइल कम्प्रेस गर्ने दुई सजिलो तरिका छन् । तपाईंले फाइल कम्प्रेस गर्नका लागि छुट्टै सफ्टवेयर इन्स्टल गरिरहनु पर्दैन ।एनटीएफएस (NTFS) फाइल कम्प्रेसन यो विधिले फाइल एक्सप्लोरर भित्रै काम गर्छ । यसमा तपाईंले कम्प्रेस गरिएका फाइललाई म्यानुअल रूपमा डिकम्प्रेस नगरी खोल्न र प्रयोग गर्न सक्नुहुन्छ ।
कुनै फाइल वा फोल्डरमा राइट-क्लिक गर्नुहोस् र ‘Properties’ मा जानुहोस् ।
त्यसपछि ‘General’ ट्याब अन्तर्गत ‘Advanced’ बटनमा क्लिक गर्नुहोस् ।
अब ‘Compress contents to save disk space’ बक्समा टिक लगाउनुहोस् ।
OK मा क्लिक गरी, त्यसपछि ‘Apply’ मा क्लिक गर्नुहोस् ।
अब तपाईंले छानेका फाइल वा फोल्डरलाई विन्डोजले स्वचालित रूपमा कम्प्रेस गर्नेछ । तपाईंले ती फाइलहरू सामान्य रूपमा देख्न र खोल्न सक्नुहुनेछ, तर तिनले ड्राइभमा कम स्पेस लिनेछन् । यदि फाइल एक्सेस गर्दा धेरै ढिलो भएको देख्नुभयो भने माथिको तरिका अपनाएर ‘Compress contents to save disk space’ विकल्पबाट टिक हटाएर कम्प्रेसन निष्क्रिय गर्न सक्नुहुन्छ ।
जिप आर्काइभ (ZIP Archive) बनाउने
स्टोरेज बचाउन र फाइल व्यवस्थापन गर्न फाइललाई आर्काइभमा जिप गर्नु अर्को उपयोगी तरिका हो । यो प्रायः ब्याकअप वा सेयर गर्नका लागि प्रयोग गरिन्छ ।
प्रयोग गर्ने तरिका:
फाइल वा फोल्डरमा राइट-क्लिक गर्नुहोस् ।
त्यसपछि ‘Send to’ मा गएर ‘Compressed (zipped) folder’ छान्नुहोस् ।
यसरी विन्डोजले सोही ठाउँमा एउटा .zip फाइल बनाउनेछ । पछि तपाईंले यसलाई डबल-क्लिक गरेर सामग्रीहरू निकाल्न सक्नुहुन्छ ।
थर्ड पार्टी कम्प्रेसन टुलहरू
यदि तपाईं अझ राम्रो कम्प्रेसन वा फरक ढाँचाको आवश्यकता महसुस गर्नुहुन्छ भने थर्ड पार्टी एप प्रयोग गर्न सक्नुहुन्छ:
7-Zip: निःशुल्क, उच्च कम्प्रेसन दरसहित धेरै फर्म्याट सपोर्ट गर्छ ।
PeaZip: सफा इन्टरफेस, इन्क्रिप्सन फिचरसहित निःशुल्क टुल ।
WinRAR: शक्तिशाली टुल, तर पूर्ण प्रयोग गर्न शुल्क लाग्छ ।
गलत फाइलहरूलाई कम्प्रेस नगर्नुहोस्
कुन फाइलहरूले धेरै स्पेस लिएका छन् भनेर पहिले जाँच गर्नुहोस् । सिस्टम फाइल, दैनिक प्रयोग हुने फाइल, वा अहिले नै आवश्यक फाइलहरू कम्प्रेस नगर्दा राम्रो हुन्छ । यी फाइलहरूलाई डिकम्प्रेस गर्न झन्झटिलो हुने भएकाले काम सुस्त हुने सम्भावना हुन्छ ।
प्रतिक्रिया