ताजा अपडेट »

वैशाख १९ गते सरकारको नीति तथा कार्यक्रम पेस हुने

बुधबार, १० बैशाख २०८२, १४ : १५
20 Shares
बुधबार, १० बैशाख २०८२
20 Shares

काठमाडौँ । आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख १९ गते पेस गर्ने गरी प्रतिनिधि सभाको क्यालेन्डर बन्ने भएको छ ।  सभामुख देवराज घिमिरेले बुधवार प्रमुख सचेतकहरूसँग गरेको छलफलमा वैशाख १९ गतेको प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गर्ने गरी संसद्को क्यालेन्डर निर्माण गर्ने सहमति भएको हो ।
एमाले प्रमुख सचेतक महेश बर्तौलाले वैशाख १९ गते नीति तथा कार्यक्रम संसदमा पेस गर्ने गरी तयारी भएको बताए । उनका अनुसार विगतको भन्दा अलि फरक ढङ्गले बजेटको तयारी भएको बताए ।

‘विगतमा पहिला बजेटका प्राथमिकतामा छलफल गरेर नीति तथा कार्यक्रममा जान्थ्यौ तर अहिले सरकारको नीति तथा कार्यक्रम संसदमा पेस गरेर पारित भएपछि त्यसैका आधारमा बजेटका प्राथमिकता निर्धारण गर्छौ’, बर्तौलाको भनाइ छ ।  बजेट अधिवेशन वैशाख १२ गतेबाट सुरु हुँदैछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।