भैरहवा । रुपन्देहीको मायादेवी गाउँपालिका–६, बेथरीमा निर्माण हुने सुमित्रा मेमारियल क्यान्सर हस्पिटलको आज बुधबार शिलान्यास गरिने भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले र बिहान १०ः३० बजे उक्त अस्पतालकाे सिलन्यास गर्नुहुने अस्पतालका संस्थापक अर्जुन पौडेलले बताएका छन ।
संस्थापक पौडेलले क्यान्सरको सम्बन्धी सहज तथा गुणस्तरीय उपचार तथा सेवा प्रदान गर्ने लक्ष्यका साथ अस्पताल निर्माण गर्न लागिएको पनि बताए । ‘२ बिगाहा ५ कठ्ठा क्षेत्रफलमा डेढ अर्बको लागतमा अस्पताल निर्माण हुने १ सय शैयाको यो अस्पताल करिब डेढ वर्षभित्र निर्माण सम्पन्न् गरी सेवा प्रारम्भ गर्ने पनि ,’उनले बताए ।
भैरहवाकाे सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.का प्रबन्ध निर्देशकसमेत रहेका पौडेलले विदेशमा कार्यरत क्यान्सर रोग विशेषज्ञ, विदेशमा रहेका नेपाली व्यवसायी, क्यान्सरबाट परिवारका सदस्य गुमाएका व्यक्तिहरु, क्यान्सर सर्भाइभरतथा स्थानिय प्रतिष्ठित व्यवसायीहरूकाे सहकार्यमा अस्पताल सुरू गरीन लागृकाे िमेत बताएका छन् ।
‘दिनप्रतिदिन बढ्दो क्यान्सर राेग ता यसका बिरामीहरूलाई उपचारका लागि काठमाडौं, भरतपुर तथा भारतलगायतका ठाउँहरुमा पुग्नु पर्ने बाध्यता रहेकाे बताउदै जनचेतनाको कमीले पनि क्यान्सरका बिरामी बढिरहेकोले अस्पतालले विशेष रूपमा जनचेतनामूलक कार्यक्रमहरु सहित आफ्नाे सेवा सञ्चालन गर्नेछ, ’उनले भने ।
क्यान्सरका बिरामीका लागि यो अस्पतालले सिद्धार्थनगर सिटी हस्पिटलसँग सहकार्य गरी २०८२ असार महिनाबाटै बिरामीलाई सहज हुने गरी मेडिकल अन्कोलोजिष्ट लगायत केही क्यान्सर विशेषज्ञहरु सहीत सिद्धार्थनगर सिटी हस्पिटल हाताभित्र केमोथेरापी, क्यान्सर सम्बन्धि डायग्नोष्टिक सेवा, क्यान्सरसम्बन्धी अपरेशन लगायतका सेवाहरु प्रदान गरिने समेत बताएका छन ।
आफुहरूले गरीब तथा मध्यम वर्गको परिवारका बिरामीलाई लक्षित गरेर अस्पताल सञ्चालनमा ल्याउन लागेकाे बताउदै उपकरणमा कुने पनि कमी नहुने तथा कसरी हुन्छ न्यूनतम मूल्यमा बिरामीलाई उपचार सेवा प्रदान गर्ने आफुहरूकाे सोच रहेकाे पनि उनले बताउका छन ।
संचालक पौडेलकी आमा सुमित्रा उपाध्यायको ०७७ मा क्यान्सर रोगकै कारण निधन भएको थियो । क्यान्सर रोगको उपचार पद्धती भित्रयाने उद्देश्यका साथ सम्भावयता अध्ययन गर्न थाइल्याण्ड, बंगलादेश, भारत र अमेरिका मा रहेका अत्याधुनिक स्तरका क्यान्सर अस्पतालमा पुगेर अध्ययन गरेपछि स्वर्गीय आमाकाृे नामबाट अस्पताल निर्माण तयारी थालेको पनि पौडेलले बताएका छन ।
प्रतिक्रिया