ताजा अपडेट »
जम्मु कश्मिर हमला

भारतकाे जम्मु-कश्मीरमा आतंकवादी हमला, २०१९ एताकै ठुलाे हमला

बुधबार, १० बैशाख २०८२, ०६ : २४
240 Shares
बुधबार, १० बैशाख २०८२
240 Shares

श्रीनगर । भारतको जम्मु–कश्मीरस्थित पाहलगाममा मंगलबार पर्यटकमाथि आतंकवादीहरूले गरेको आक्रमणमा कम्तीमा २४ जनाको ज्यान गएको छ । २०१९ को पुलवामा भएकाे आक्रमणपछि जम्कमु कश्मिरमा भएकाे सबैभन्दा ठूलो आतंकवादी हमला हाे । यो घटना विगत केही वर्षयता नागरिकमाथि भएको ठूलो आक्रमण भएको एक वरिष्ठ प्रहरी अधिकारीले समाचार संस्था एएफपीलाई जानकारी दिएका छन् ।  घाइतेहरूको अनन्तनागस्थित अस्पतालमा उपचार भइरहेको छ ।

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले पर्यटक माथि गरिएको बर्बर आक्रमणलाई ‘क्रूर घटनाको’ भएको बताउँदै दोषीहरुलाई कडा कारवाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

पाहलगाम श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ, जुन पर्यटकहरूबीच लोकप्रिय गन्तव्यस्थल हो । प्रहरी स्रोत अनुसार अहिलेसम्म २४ जनाको मृत्यु पुष्टि भइसकेको छ, तर यो संख्या अझै बढ्न सक्ने बताइएको छ । यसैबीच आक्रमणको जिम्मेवारी लश्कर-ए-तैयबाले लिएको छ।

जम्मु–कश्मीर मुख्यमन्त्री उमर अब्दुल्लाहले आक्रमण विगत वर्षहरूमा नागरिकमाथि भएको सबैभन्दा ठूलो घटना भएको बताएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘म स्तब्ध छु, आगन्तुकहरूमाथि भएको यो आक्रमण अत्यन्त निन्दनीय छ ।

विपक्षी नेता राहुल गान्धीले यो घटनालाई ‘हृदयविदारक’ भन्दै संघीय सरकारले उत्तरदायित्व लिनुपर्ने माग गरेका छन् । सरकारले पछिल्ला वर्षहरूमा कश्मीरलाई पर्यटन केन्द्रको रूपमा प्रवद्र्धन गर्दै आएको छ । सन् २०२४ मा झन्डै ३५ लाख पर्यटकहरूले कश्मीर भ्रमण गरेका थिए ।

भारतले पाकिस्तानमाथि यस्ता आक्रमणमा सहयोग पुर्‍याएको आरोप लगाउने गरेको छ भने पाकिस्तानले कश्मीरको आत्मनिर्णयको अधिकारको समर्थन मात्र गर्ने बताउँदै आएको छ । यो भन्दा पहिले सन् २०१९ मा पुलवामामा भएको आक्रमणमा ४० सुरक्षाकर्मीको मृत्यु भएको थियो। सन् २००० मा भएको आक्रमणमा ३६ भारतीय नागरिकको ज्यान गएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।