बुटवल । मुणिमुकुन्द भलिवल क्लब तिलोत्तमा रूपन्देहीलेले आयोजना गरेको १० औँ मणिमुकुन्द भलिवल कप पुरूष इन्डो नेपाल क्लब च्यामपियनसिप प्रतियोगिताको सोमबार राति सम्पन्न भएको खेलमा साग एकेडेमी गुजरात भारत र गण्डकी प्रदेश भलिवल संघ विजयी भएका छन् ।
गण्डकी प्रदेश भलिवल संघ र कोशी प्रदेश भलिवल संघ बिच भएको खेलमा गण्डकी प्रदेश विजयी भएको हो । प्रतियोगितामा २५-१७, २५-१३, २५-२२ बनाउँदै सोझो सेटमा गण्डकीले जित निकालेको हो । प्रतियोगितामा उत्कुष्ट खेल प्रदर्शन गरेको भन्दै गण्डकी प्रदेश भलिवल संघका खेलाडी बिष्णु क्षेत्रीलाई नगद सम्मान गरिएको थियो ।
द्रोस्रो खेल साग एकेडेमी गुजरात र त्रिभुवन आर्मी क्लव बिच भएको खेलमा साग एकेडेमी भारतले जितेको हो। निकै रोचक रहेको प्रतियोगितामा पहिलो सेट २५-२३, दोस्रो सेट २५-२० बनाउँदै साग गुजरातले दुई सेट जितेसँगै दबावमा रहेको नेपालको विभागीय टिम त्रिभुवन आर्मीले तेस्रो सेट २५-१२ बनाएर आफनो कोल्टामा पार्न सफल भएको थियो ।
तेस्रो सेट साग गुजरातले २५-२२ रेक्दै गुजरात विजयी भएको हो । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने साग गुजरातका आरएन बलियान नगदसहित सम्मानित भएको क्लबका अध्यक्ष लोकेन्द्र कुमार भन्डारीले बताए । प्रतियोगितामा प्रथम हुनेले नगद रू ३ लाख ११ हजार एक सय ११ कप मेडल प्रमाण पत्र पाउने छन ।
दोस्रो हुने टिमले नगद २ लाख ११ हजार एक सय ११ कप मेडल प्रमाणपत्र हात पार्ने छन । तेस्रो हुनेले १ लाख ११ हजार एक सय ११ कप मेडल प्रमाणपत्र पाउने छन ।
सान्तवना हुने टिमले ६६ हजार ६ सय ६६ कप प्रमाणपत्र हात पार्ने छन । प्रतियोगितामा उत्कृष्ट खेलाडीले १५ हजार मेडल प्रमाणपत्र पाउने छन् भने प्रतियोगितामा विदागततर्फ ६ जना खेलाडीहरूलाई नगद रू १० हजार मेडल प्रमाणपत्रले पुरस्कृत गरिने खेल संयोजक सुरेन्द्र गुरूङले बताए ।
६ गतेबाट सुरू भएको प्रतियोगिता १३ गतेसम्म सन्चालन हुनेछ । प्रतियोगितामा टिममा विभिन्न देशका विदेशी खेलाडीको सहभागिताले खेल रोचक हुने आयोजक भनाई छ । आज राती मंगलबारको पहिलो खेल आयोजक मणिमुकुन्द भलिवल क्लब तिलोत्तमा र एपिएफ क्लब काठमाडौँ बिच हुने छ भने द्रोस्रो खेल कोशी प्रदेश भलिवल संघ र नेपाल पुलिस क्लब बिच हुने अफिसियल रेफ्री रामबहादुर थापाले बताए
प्रतिक्रिया