ताजा अपडेट »

एक तोला सुनको मूल्य दुई लाख नजिक

मंगलबार, ०९ बैशाख २०८२, १२ : ३२
68 Shares
मंगलबार, ०९ बैशाख २०८२
68 Shares

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा लगातार सुनको मूल्य बढिरहेको छ ।  त्यसको असर स्थानीय बजारमा पनि परेको छ । आज एक तोला पहेँलो धातुको मूल्य रू एक लाख ९७ हजार ९०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

स्थानीय बजारमा सोमबारको तुलनामा आज एक तोलामा रू छ हजार ९००ले  सुनको भाउ बढेको हो । चाँदीको मूल्य पनि तोलामा रु १० ले  बढेको छ । आज चाँदीको मूल्य प्रतितोला  एक हजार ९७० कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔंस सुन तीन हजार ४७९ अमेरिकी डलरमा  कारोबार भइरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।