ताजा अपडेट »

नवलपुरमा दम्पत्तिले मदिरा पिएर लछारपछार गर्दा ४ वर्षीय शिशुको मृत्यु

मंगलबार, ०९ बैशाख २०८२, ०९ : ५९
212 Shares
मंगलबार, ०९ बैशाख २०८२
212 Shares

नवलपुर । नवलपुरको बौदीकाली गाउँपालिका-१ अर्मलेमा बाबुआमाको कुटपिट र लछारपछारबाट ४ महिने शिशुको मृत्यु भएको छ । बाबु २१ वर्षीय दीपेन्द्र परियार र आमा ३५ वर्षीया कमला परियारले गएराती मादक पदार्थ सेवन गरी आफ्ना चार महिनाका छोरालाई लछारपछार गर्दा शिशु गम्भीर घाइते भएका थिए ।

घाइते शिशुलाई तत्कालै हजुरबुबाले स्थानीयको सहयोगमा पाल्पाको रामपुर अस्पताल लगिएको थियो । तर, उपचारको क्रममा शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी मधु नेपालले जानकारी दिए ।

डिएसपी नेपालका अनुसार मादक पदार्थ सेवन गरेका बाबुआमाले शिशुलाई घरको बरन्डामा गम्भीर घाइते बनाई छाडेर भागेका थिए । अहिले शिशुको हत्या अभियोगमा बाबु दीपेन्द्र र आमा कमलालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।