काठमाडौं । ब्राजिलका चर्चित फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगेका छन् ।
कार्लोस दशरथ रंगशालामा जारी नेपाल सुपर लिग ९एनएसएल० को खेल हेर्न नेपाल आएका हुन् । उनी धनगढी एफसी र पोखरा थन्डर्सबीचको दोस्रो क्वालिफायर खेल हेर्न मैदानमा पुग्नेछन् ।
५१ वर्षीय कार्लोसले ब्राजिलले सन् २००२ को फिफा विश्वकपको उपाधि जित्दा टिमका महत्त्वपूर्ण सदस्य थिए । उनले ब्राजिलबाट सन् १९९२ देखि २००६ सम्म खेलेका थिए ।
प्रतिक्रिया