ताजा अपडेट »

संघीय संसदका तीनवटा समितिको बैठक बस्दै

मंगलबार, ०९ बैशाख २०८२, ०६ : ४७
40 Shares
मंगलबार, ०९ बैशाख २०८२
40 Shares

काठमाडौं, ९ बैशाख । संघीय संसदका तीन समितिको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरवारस्थित समितिका कार्यालयमा बस्नेछन् ।

जस अनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो २ः३० बजेवाट सुरू हुनेछ । जुन बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि कर्मचारी ट्रेडयुनियनसँग छलफल हुनेछ ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा भने खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धमा खानेपानी मन्त्रालयबाट भएका काम कारवाही रकार्यप्रगति र अगामी आर्थिक बर्षको बजेट र कार्यक्रम सम्बन्धमा मन्त्रालयको तयारीका बारेमा छलफल हुनेछ । जुन बैठक बिहान ११ः०० बजेवाट सुरू हुने जनाइएको छ ।

साथै, विधायन व्यवस्थापन समितिका बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा संविधान अनुसार बन्न बाँकी कानूनहरुको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल हुनेछ ।


 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।