ताजा अपडेट »

भान्जालाई बचाउन जाँदा मामा पनि बेपत्ता, सप्तकोशीमा खोजी तीव्र

सोमबार, ०८ बैशाख २०८२, १९ : ५३
74 Shares
सोमबार, ०८ बैशाख २०८२
74 Shares

इटहरी  । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तकोशी नदीमा नुहाउने क्रममा मामा–भान्जा बेपत्ता भएका छन् ।

सप्तकोशीमा बगेर बेपत्ता हुनेमा इटहरी उपमहानगरपालिका १६ बालग्रामका ४० वर्षीय नवराज बास्तोला र उनका १६ वर्षीय भान्जा जेनिस आचार्य रहेका जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिए ।

उनीहरू सोमबार बराहक्षेत्र मन्दिर नजिकै नुहाउने क्रममा नदीको तीव्र बहावमा परेका थिए । वेपत्ता परिवारका अनुसार शुरुवातमा भान्जा जेनिसलाई नदीले बगाएको थियो । उनलाई बचाउने प्रयासमा मामा नवराज पनि नदीमा फसेर बेपत्ता भएका हुन् ।

घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले तत्कालै खोज तथा उद्धार कार्य सुरु गरेको छ । हालसम्म दुबै जना फेला नपरेको डीएसपी खतिवडाले नेपाल न्यूज बैंकलाई जानकारी दिए ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।