बुटवल । दाङको तुलसीपुरमा एकजना पुरुषले आफैंलाई गोली हानेका छन्। तुलसीपुर उपमहानगरपालिका ७ मोतिपुर निवासी अन्दाजी ८३ वर्षका नारायण आचार्यले आफैलाई गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक अर्जुन तिमिल्सिनाका अनुसार गोली प्रहारबाट उनको मृत्यु भएको छ। आचार्य लामो समयसम्म रेडक्रस दाङको अध्यक्ष भएर काम गरेका थिए।
घटनाबारे प्रहरीले दिउसो २ बजे तिर खबर पाएको थियो। घटनास्थलमा पुग्दा प्रहरीले हतियार कोठाभित्रै फेला पारेको जनाएको छ।
प्रतिक्रिया