ताजा अपडेट »

दानव नदीमा डुबेर तीन बालक बेपत्ता

सोमबार, ०८ बैशाख २०८२, १६ : ५०
120 Shares
सोमबार, ०८ बैशाख २०८२
120 Shares

भैरहवा । रूपन्देहीको दानव नदीमा डुबेर तीन बालक बेपत्ता भएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका-२ अर्दौलास्थित दानव नदीमा पौडी खेल्ने क्रममा आज दिउँसो डुबेर बालकहरु बेपत्ता भएका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए । 

बेपत्ता हुनेमा लुम्बिनी सांस्कृतिक-२ का १३ वर्षीय उमेश यादव, १४ वर्षीय राजन यादव र  १२ वर्षीय मन्नु हरिजन रहेका छन् । बेपत्ता बालकहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थाीयवासीले खोजी गरिरहेका प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।