ताजा अपडेट »

काठमाडौंमा आज पनि शिक्षकहरुको आन्दोलन

सोमबार, ०८ बैशाख २०८२, ११ : १४
24 Shares
सोमबार, ०८ बैशाख २०८२
24 Shares

काठमाडौं । सामुदायिक विद्यालयका शिक्षकहरुले काठमाडौंमा आज पनि आन्दोलनका कार्यक्रमलाई जारी राखेका छन् । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै उनीहरुल्े माईतीघर—बानेश्वर सडक खण्डमा प्रदर्शनलाई जारी राखेका हुन् । 

उनीहरुले विद्यालय शिक्षा विधेयक जारी गर्न माग गर्दै विगत १९ दिनदेखि आन्दोलन गरिरहेका छन् । सरकारले तत्काल शिक्षा विधेयक जारी गर्नुपर्ने भन्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरु सरकारले आगामी अधिवेशनबाट जारी गर्ने पतिवद्धता जनाउँदा समेत आन्दोलन छोडेका छैनन् ।

विगतमा सरकारले सम्झौता गर्ने तर पूरा नगर्ने गरेकाले यस पटक शिक्षा ऐन जारी नगरेसम्म विद्यालय नफर्किने अडान शिक्षकहरुको छ । सरकारले आगामी बजेट अधिवेशन वैशाख १२ गते बोलाएको छ । शिक्षा विधेयक जारी गर्न र शिक्षकहरुका माग पूरा गर्नका लागि अधिवेशन बोलाइएको सरकारले स्पष्ट पारे पनि सरकारको प्रतिवद्धतामा शिक्षकहरु विश्वस्त छैनन् ।

सरकारले शिक्षा विधेयक जारी गरेकै दिन आफूहरु आन्दोलन छोडेर फर्किने उनीहरुको भनाइ छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।