ताजा अपडेट »

राज्य व्यवस्था समितिको बैठकमा निजामति कर्मचारीका बारेमा छलफल हुँदै

सोमबार, ०८ बैशाख २०८२, ०९ : ०३
14 Shares
सोमबार, ०८ बैशाख २०८२
14 Shares

काठमाडौं । संघीय संसदका २ समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार ती दुबै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछन् ।

जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ः०० बजे बोलाइएको छ । जुन बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ ।

उता, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा भने विधायन ऐन, २०८१’ कार्यान्वयनमा समितिको भूमिका सम्बन्धमा समितिका पूर्व सभापति श्री रामनारायण विडारीसँग छलफल गरिने भएको छ । जुन बैठक अपरान्ह १२ः४५ बजे देखी सुरू हुनेछ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।