बुटवल । सिद्धार्थ सिद्धार्थनगर नगरपालिकाको आयोजना तथा संचारिका समूह रुपन्देहीको सहकार्यमा फिचर लेखन वृत्ति लेखन तालिम सम्पन्न भएको छ ।
आइतबार संचारक्षेत्रमा महिलाहरुको लेखन वृद्धि गर्ने उदेश्यले कार्यक्रमको आयोजना भएको हो । कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले महिलाहरुलाई संवैधानिक अधिकारबाट बन्चित भइरहेको अवस्थामा पत्रकारीताको मार्फत यस्ता विषय उजागर गर्न आग्रह गर्दै समाज सुधारको काममा हातेमालो गरेर अघि बढ्ने बताइन् ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका कोषाध्यक्ष नरेश केसीले सम्पूर्ण पत्रकारहरुको धर्म भनेकै समाजलाई वास्तविक्ता लेख्ने कर्म भएको कारणले गर्दा यस विषयमा लाग्न आहवान गरे ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले संचारीका समूहले विगतबाट नै महिला पत्रकारहरुको क्षेमता अभिवृद्धि गर्दै आएको बताए । कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनक थापाले नगरपालिकाले गरेको सकरात्मक र नकरात्मक दुबै पक्षलाई लिएर समाचार सम्प्रेषण गर्न आग्रह गरे ।
कार्यक्रममा रुपन्देहीका विभिन्न संचार माध्ययममा आवद्ध ३५ जना महिला पत्रकारहरुको सहचागिता रहेको थियो ।
प्रतिक्रिया