ताजा अपडेट »

राप्रपाका सांसदहरुले सिंहदरबारभित्रै प्रदर्शन गर्ने

आइतबार, ०७ बैशाख २०८२, १३ : १६
48 Shares
आइतबार, ०७ बैशाख २०८२
48 Shares

काठमाडौं । प्रदर्शनमा उत्रिएका राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का नेता तथा कार्यकर्ताहरु सिंहदरबार केन्द्रित भएका छन् ।
केही नेता तथा कार्यकर्ताहरुले सडकमै प्रदर्शन गरेपनि राप्रपा सबद्ध सांसदहरु भने सिंहदरबारभित्रै प्रदर्शन गर्नेगरी तयारी रहेको राप्रपा सचिवालयले जनाएको छ । 
‘सबै मान्यज्यूहरु सिंहदरबारमा रहेको संसदीय कार्यालयमै भेला हुनुहुँदैछ । उहाँहरुले सिंहदरबारमै प्रदर्शन गर्ने कार्य तालिका छ,’ सचिवालयका एक सदस्यले भने । 
अध्यक्ष राजेन्द्र लिङदेनसहितका सांसदहरु सिंहदरबारमा भेला भइरहेका छन् । वर्तमान व्यवस्थाविरुद्ध बिजुलीबजार पुलमा प्रदर्शन गरिरहेका नेताहरु सिंहदरबार छिरेका हुन् ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।