ताजा अपडेट »

एकता अपरिहार्य तर, असम्भव !

आइतबार, ०७ बैशाख २०८२, १२ : ५२
18 Shares
आइतबार, ०७ बैशाख २०८२
18 Shares

यहि अप्रिल १३, १४ र १५ मा पंजाबको जलन्धरमा भएको अखिल भारत नेपाली एकता मञ्चको राष्ट्रिय सम्मेलनमा पूर्व सभापतीको हैसीयतमा मलाई तीन महिना अगाडी नै निमन्त्रणासहित रेल टिकटको रिजर्वेशन आयोजक साथीहरुले गरिदिनु भएको थियो, त्यो सम्मेलनको उद्घाटन सत्रमा सहभागी हुने महत्वपुर्ण अवसर प्राप्त भयो ।

त्यसको लागि आयोजक साथिहरु धन्यवादका पात्र हुनुहुन्छ । भारतका अधिकांश राज्यहरुबाट आउनु भएका प्रतिनिधि साथिहरुसगँ भेट हुने महत्वपुर्ण अवसर जुर्यो । प्रवासमा आफुले महत्वपुर्ण समय लगानी गरेको र पचासौँ कार्यकर्ता निर्माण गरेको स्थानमा यो बबुरो सम्मेलन स्थलमा पुग्दा ती कार्यकर्ताहरुको म प्रतिको सम्मान, माया, भावना पोखिएको देख्दा खुशीको आँसु  नझर्ने कुरै भएन । 

नयाँ विवाहित जोडीको फोटो सेसन जस्तै अधिकांश साथिहरुले सम्झनाका लागि फोटो खिच्ने चाहना राख्नु भएको थियो। सम्मेलनमा आठ सय भन्दा धेरै प्रतिनिधि र उद्घाटन शत्रमा हरियाणा, पंजाब र हिमाचलबाट आउन भएका नेपाली जनसमुदायको बाक्लै उपस्थितिले सम्मेलन स्थलमा राखिएका कुर्ची टनाटन भरीएका थिए। खानाको र बसाइको पनि राम्रो व्यवस्थापन गरिएको थिया । भारतीय भाइचाराको उपस्तिथिले सम्मेलनको उचाइ अझ माथी पुगेको थियो।

सम्मेलनमा आएका साथिहरुको आग्रह यो थियो कि जसरी हामी एकाकार भएर  संघर्षमा सहभागी भएका थियौं  र हामि विजयसम्म पुगेका थियौं तर जब  गणतन्त्रप्राप्ति पछि  सरकारमा सहभागी हुन थालेउ, हामी बिखन्डित भयौ, हामि छिरलियौ, हामी आफू मात्र अव्वलदर्जाको क्रान्तिकारी; बाँकी सबै गैर क्रान्तिकारीको दोषारोपण सहित छुट्टिऔ, सरकारमा प्रवेश पछि हाम्रो व्यवहार र चरित्र बदलिदै गयो । हामीले जमिन छाडेउ, हाम्रो जीवन र ब्यवहार विलासिता तर्फ उन्मुख हुँदै गयो।परिणामत हामि प्रतिको जनताको बिस्वासमा कमि आउन थाल्यो । जसले गर्दा हिजोका हाम्रा वर्गवैरीहरु सल्वलाउन थाले र सल्बलाई रहेका छन्।

त्यसैले अब हामि पूुर्वमाओवादीहरु पुनः आत्मसमिक्षा सहित एकतामा आउनु पर्दछ । यो हाम्रो  आवाज हो, यो हाम्रो अनुरोध हो र देशको आवश्यकता पनि हो। साथिहरुको यो कुराले मनमा उद्देलन पैदा भयो । उहाँहरुको यो भावनात्मक विचार सँग असहमत हुनपर्ने कुनै कारण थिएन। साथीहरुको यो भावनामा सत्यता छ किनकि एकता आजको अपरीहार्य आवश्यकता हो तर के सम्भव छ त ? नेतृत्ववर्गले हाम्रो यो भावना बुझला? कार्यकताको मनोविज्ञानसँग नेतृत्व सहमत होला ? यदि साच्चै नै पूर्व माओवादीहरुको बिचमा एकता हुन सक्दछ भने देशको नेतृत्व फेरी माओवादीको हातमा आउन सक्दछ ।

तर के यो कुरा सम्भव हुन सक्ला ? के तपाइ हाम्रो भावनासगँ नेतृत्व  सहमत छ? जसरी तपाइ हामीले पवित्र मनले एकताको चाहाना राखेका छौं,यसरी नै नेतृत्वले पनि सोचेको छ त ?यदी यो आवश्यकता हो भन्ने उसले महसुस गरेको छ भने नेतृत्वले पहल किन गर्दैन त? सिद्धान्तले छेकेको छ भनौ भने हिजो एमाले सँगको एकतामा हामी सबै कुरा छाड्न तयार भएका थियौ, हामी नेकपा मात्र राखेर एकता गरेकै थियौ,खासमा पार्टीको नाम, चुनाव चिन्ह, पार्टीको झण्डा आदी कुरा मुख्य र अनिवार्य होइनन,ती सहायक हुन, मुलकुरा भनेको लक्ष्य  हो भने साधन सहायक, लक्ष्यमा सहमत हुन सकिन्छ भने हाम्रा साधनहरु फेर्न बदल्न सकिन्छ ।पुर्व माओवादीहरुको एकताको निम्ति मुख्यत कमरेड प्रचण्डजीले नेतृत्व गर्नु पर्दछ ।

उहाँले चाहाना राख्नु पर्दछ र उहाँले आवश्यकता महशुस गर्नु पर्दछ। तर उहाँको दिमागमा एकताको कुरा घुमि राखेको छ जस्तो लाग्दैन, उहाँ एकताको पक्षमा हुनुहुन्छ जस्तो लाग्दैन किनकि कैयौं महिनादेखि दुइ वटा पार्टीहरु एकताको निम्ति निर्णय गरेर माओवादीको ग्रिन सिग्नल कुरेर बसिरहनु भएको छ तर कमरेड प्रचण्डजी र त्यो पार्टीले उहाँहरुलाई एकतामा सामेल गर्न चाहिँ रहनु भएको छैन । एकताबारे केन्द्रिय वैठकमा एजेण्डा नै राख्नुहुँदैन, यो यथार्थता हामीले देखिरहेका छौं, आवश्यकता हँुदाहँुदै पनि एकता किन हुँदैन त ?

हामी सबैले अनुभुति गरिरहेकै छौं कि पचासको दशकभन्दा अगाडि पार्टीको नेतृत्व र सङ्गठनको नेतृत्व बिचार र आदर्शको निम्ति, पार्टीको हित र जनताको हितको निम्ति हुने गर्दथ्यो तर आजको मितिमा पार्टी नेतृत्व आफ्नो स्वार्थ र सुविधा प्राप्तिको निम्ति मात्र हुने गरेको छ, त्यसैले नेतृत्वमा पुग्न व्यक्तिले अनेकौं हतकण्डाहरु अपनाउने गर्दछ र नेतृत्वको सेवा र चाकरी गर्ने गर्दछ, दुर्गा प्रसाईं एमालेको सिसियम बन्नु, कोमल ओलीले सभासद प्राप्त गर्नु , ल्याकर लामाहरु नेतृत्वमा पुग्नु यसैका उदाहरणहरु हुन, यस्ता अनेकौं उदाहरणहरु बिद्धमान रहेका छन ।

तर कैयौं इमानदार कार्यकर्ता जसको पहुँच नेतृत्वसम्म पुग्दैन उनीहरु भुइमान्छेबाट माथी उठ्न नसकेका पनि कैयौं उदाहरणहरु छन । यही नेतृत्वमा पुग्ने र पुराउने होड्वाजीमा प्रायजसो सबै पार्टीहरुका केन्द्रिय समितिहरु दुईसय भन्दा माथि बनेका देखिन्छन् । बीस बाइस पच्चीस भन्दा माथिका पदाधिकारी बनाइएको अवस्था देख्न सकिन्छ ।

यो भिमकाय पार्टीका संरचनाहरु नै एकताको बाधक रहेका छन ।नेताहरुको पद र पोर्टफोलियो नै एकतामा बाधा बनिरहेको छ ।  यतिबेला विचार सिद्धान्त भन्दा माथी व्यक्तिको अस्तित्व, सिनियर जुनियरको समस्या गम्भीर बन्न गएको छ । यहि कारण हो कि उनीहरु एकताको विषयमा प्रवेश नै गर्न चाहदैनन  । बरु मोर्चा बनाएर शक्ति प्रदशनको प्रयास गर्ने निर्वाचनको बेला चुनाव चिन्ह र २÷४ सिट बाडेर अगाडि बढ्ने मनस्थितिमा नेतृत्व रहेको सहजै बुझ्न सकिन्छ ।

साच्चै नै भित्री मनले एकताको चाहना नेतृत्वले राख्दछ भने असम्भव भने छैन, त्यसको लागि मैले जलन्धरमा बोल्ने क्रममा पनि यो कुरा राखेको थिए कि एकताको लागि २०४६ सालमा पुर्व मशालले चार बँुदा सहित एकताको लागि सार्वजनिक आव्हान गर्यो । सबैसगँ सम्पर्क गर्यो, कैयौं वार्ता र बैठकहरु गर्यो, पवित्र उद्देश्यका साथ एकता गर्ने सोच राख्यो, परिणामतः चार पार्टीहरु बिचमा एकता सम्भव भयो र एकता केन्द्र बन्यो ।

पछि त्यसैले जनयुद्दको नेतृत्व ग¥यौं । त्यो एकताको, समय मतभेद नभएका होइनन, रुपलालजीका दर्शन मै मतभेद थियो उहाँको दर्शन सम्बन्धी दस्तावेज साद्ध्य बहादुर भण्डारीले प्रस्तुत गर्नु भएको थियो । त्यसैगरी कमरेड निर्मल लामाजीको अल्पकालीन सस्त्र बिद्रोहको प्रस्ताव उहाँले आफै प्रस्तुत गर्नुभएको थियो ।

त्यसैगरी संघर्षको स्वरुप बारे पनि गम्भीर मतभेद थियो । ती सबै विषयहरु एकता अधिवेशनले समाधान गर्यो । हामी अगाडि बढ्यौ । अहिले पनि त्यही स्प्रिट र त्यही इमानदारिता र अग्रगमनतर्फ अगाडि बढ्ने हुटहुटी नेतृत्वमा हुने हो भने एकता सम्भव छ तर त्यसको लागि सबै स्थायी कमिटी, सबै पोलिट ब्युरो विघटन गर्ने हिम्मत गर्नुपर्दछ । 

सबै कुरा  प्रस्ट राख्नुपर्दछ, कार्यकर्ता र अधिवेशन प्रति विश्वस्त रहनु पर्दछ । व्यक्तिगत सत्व र समुहगत सत्व सबै गुमाउन हिम्मत गर्ने हो भने मात्र एकता सम्भव छ तर मलाई लाग्दछ कि नेतृत्वले यो हिम्मत गर्न देखिदैन ।  मेरो विचारमा यो सोच, यो हिम्मत, यो एकताको आवश्यकता बारे सबैभन्दा बढी पहल कमरेड प्रचण्डजीले लिन पर्दछ, अन्यथा कुरा गर्यो कुरैको दुख भनेजस्तो हुन्छ कि ?

बारे साद्यबहादुर भण्डारिले छुट्टै दस्तावेज प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी संंघर्षको स्वरुप बारे पनि गम्भीर मतभेद थियो । त्यसैगरी नेपाली क्रान्तिको चरित्र दीर्घकालीन होइन कि अल्पकालीन सशत्र विद्रोह हुनुपर्दछ भनेर कमरेड निर्मल लामाले पनि छुट्टै दस्तावेज प्रस्तुत गर्नुभएको थियो । ती सबै विषयहरु एकता अधिवेशनले समाधान गर्यो । हामी अगाडि बढ्यौ, अहिले पनि त्यही स्प्रिट र त्यही इमानदारिता र अग्रगमनतर्फ अगाडि बढ्ने हुटहुटी नेतृत्वमा हुने हो भने एकता सम्भव छ तर त्यसको लागि सबै स्थायी कमिटी, सबै पोलिट ब्युरो, सबै बिघटन गर्न हिम्मत गर्नुपर्दछ । 

सबै कुरा इमानदारीताका साथ राख्नुपर्दछ, कार्यकर्ता र अधिवेशन प्रति विश्वस्त रहनु पर्दछ । व्यक्तिगत सत्व र समुहगत सत्व सबै गुमाउन हिम्मत गर्ने हो भने मात्र एकता सम्भव छ तर मलाई लाग्दछ कि नेतृत्वले यो हिम्मत गर्ने देखिदैन ।  मेरो विचारमा यो सोच, यो हिम्मत, यो एकताको आवश्यकता बारे सबैभन्दा बढी पहल कमरेड प्रचण्डजीले लिन पर्दछ, अन्यथा  कुरा गर्यो कुरैको दुख भनेजस्तो हुन्छ कि !
 

विष्णुहरि शर्मा
लेखकको बारेमा
विष्णुहरि शर्मा
रतम्भकार