ताजा अपडेट »

पाैरस्त्य समाजको भेला सम्पन्न, पुन: गठनसहित शुभकामना आदान प्रदान

शनिबार, ०६ बैशाख २०८२, २१ : १६
14 Shares
शनिबार, ०६ बैशाख २०८२
14 Shares

बुटवल । पाैरस्त्य समाज नेपालकाे शनिबार सम्पन्न भेलाले समिति पुनः गठन गर्नुका साथै नयाँ वर्षको शुभकामना आदानप्रदान सम्पन्न गरेको छ । सो अवसरमा बोल्दै प्रा. डा. गणेश पाठकले पछिल्लो समयमा पूर्वीय ज्ञानका क्षेत्रमा प्राज्ञिक अनुसन्धानका गतिविधिले न्यूनता प्राप्त गरेकाले यसलाई क्रमिक रुपमा सुधार गर्दै संस्थाका गतिविधिलाई अगाडि बढाउनुपर्नेमा जाेड दिए । 

यस्तै समाजसेवी तथा शैक्षिक अभियान्ता गिरिस मणि आधिले नेपाल पाैरस्त्य समाजले गर्ने हरेक सामाजिकआर्थिक, साँस्कृतिक अध्ययन अनुसन्धानका कार्यक्रमले नेपाली समाजमा बढिरहेका गैरमानवीय गतिविधि तथा कुसंस्कारहरुलाई निराकरण गर्नेमा केन्द्रीकृत हुनेमा विश्वास व्यक्त गरे । समाजशास्त्री माेहनराज शर्माले पूर्वीय सभ्यता र संस्कार भित्र रहेका सकारात्मक र व्यवहारिक अवधारणालाई किशोरकिशोरीहरुले समेत अभ्यासमा लैजाने गरि अध्ययन अनुसन्धान गर्नुपर्ने समय आएकाे भन्दै सबैलाई यसमा लाग्न अनुराेध गरे ।

कार्यक्रमले आगामी कार्यकालका लागि प्रा. डा. बावुराम ज्ञवालीकाे अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेकाे छ ।जसकाे सचिवमा अमर डी. सी., काेषाध्यक्ष हुमराज भुसाल, सहसचिव मुक्तिनाथ गैरे चयन भएका छन् । यसैगरी सदस्यहरुमा प्रा. डा. अनन्त पन्थी, चक्रपाणि डुम्रे, राजु भुसाल, कविता पन्थि रहेका छन् । भेलाले तीन सदस्यीय सल्लाहकार समिति पनि निर्माण गरेको छ । जसमा प्रा. डा. गणेश पाठक, गिरिसमणि आधि र माेहनराज शर्मा रहेका छन् ।

उक्त अवसरमा नववर्ष २०८२ काे शुभकामना आदान प्रदानसमेत गरिएको थियो । आफूले आर्जन गरेकाे ज्ञान र धनबाट आफूले मात्रै समृद्धि प्राप्त नगरी समाजमा पनि केही याेगदान गर्नु पर्ने बताएका थिए । कार्यक्रम मुक्तिनाथ गैरेकाे सञ्चालन, प्रा. डा. बावुराम ज्ञवालीकाे अध्यक्षता, अमर डि सिकाे स्वागत एवम् हुमराज भुसालको धन्यवाद मनत्वमा सम्पन्न भएको थियाे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।