बुटवल । नयाँ बर्षको शुभकामना आदानप्रदान सहित पिपलधारा गुल्मी रुपन्देही सम्पर्क समाजले नयाँ नेतृत्व चयन गरेको छ।
नयाँ कार्यसमितिको अध्यक्षमा टोपबहादुर गौतम, उपाध्यक्षमा अर्जुन ज्ञवाली, सचिवमा अमीर खड्का, कोषाध्यक्षमा बिष्णु खत्री, सहसचिवमा शकुन्तला महत, सदस्यमा कमल बस्नेत, रमेश थापा मगर, झबिन्द्र थापा, रामजी केसी, उमेश रसाइली, कौसल खनाल चयन भएका छन् ।
त्यस्तै समाजले सल्लाहकार मण्डल पनि गठन गरेको छ। सल्लाहकार मण्डलको संयोजकमा तेजबहादुर गौतम, सल्लाहकार सदस्यहरु महेन्द्र थापा, डा राजेन्द्र खनाल, बामदेव खनाल, रिता केसी, जगदीश खनाल, कुल बहादुर जिसि, सुर्य विक्रम गौतम , लाल ब केसी, श्याम बहादुर खड्का, दुर्गा बहादुर थापा, बिक्रम खड्का मनोनीत भएका हुन् ।
कार्यक्रममा वक्ताहरुले पिपलधाराका आमनागरिकको हितको लागि समाज अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।
निर्वाचन प्रमुख तेजबहादुर गौतम, सदस्य सचिव रिता केसी र सदस्य बामदेव खनालको निर्वाचन मण्डलले नयाँ कार्यसमिती चयनको लागि बिधिवत प्रक्रिया बमोजिम उमेदवार मनोनयन, छानबिन, सहमति, चयनको लागि पहल गर्नुभएको थियो ।निर्वाचित कार्यसमितिलाइ निर्वाचन मण्डलले सफथग्रहण गराएको थियो।
अध्यक्ष तोपबहादुर गौतमले पिपलधारा समाजलाइ अझै क्रियाशिल बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले पिपलधारा समाज रुपन्देहीमा बसोबास गर्ने सम्पूर्ण पिपलधारेको सुखदुःखको साथी बनाउने अभियानमा आफुहरु लागेकोले सबैले सहयोग गर्न आग्रह गरे ।
उपाध्यक्ष अर्जुन ज्ञवाली जेष्ठनागरिक समन्वय, युवा समन्वय, उद्दमीरव्यावसायीरकर्मचारी समन्वय, महिला समन्वय, सास्कृतिक समन्वय, उद्दमशिलता विकास, बचत समुह, पिपलधाराका उत्पादन रुपन्देहीका उपभोक्ता कार्यक्रम लगायतका सेवाभावका रचनात्मक एवं सृजनशिल योजनाहरुलाइ अगाडि बढाइने जानकारी दिए ।
प्रतिक्रिया