ताजा अपडेट »
बुटवलको बुद्धनगरमा गोली प्रहार प्रकरण

प्रेम प्रस्ताव अस्वीकार गर्दा गोली प्रहार, बुटवल-भैरहवामा गोली निकाल्न नसकिएपछि चितवन पठाइयो

शनिबार, ०६ बैशाख २०८२, १७ : १६
1.18K Shares
शनिबार, ०६ बैशाख २०८२
1.18K Shares

बुटवल । बुटवलको बुद्धनगरमा आज विहान गोली प्रहारबाट गम्भीर घाइते भएकी टिका विष्ट क्षेत्रीलाई भैरहवामा पनि उपचार हुन नसके पछि चितवन पठाइएको छ ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका घर भई हाल बुटवल उपमहानगरपालिका वडा नं ११ बुद्धनगरमा होटेल सञ्चालन गर्दै आएकी २९ वर्षीय टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार थियो । 

होटेल खोलेर सरसफाइ गर्न थालेकी विष्टलाई भारतीय नम्बर प्लेटको मोटरसाइकल चढेर आएका युवकले गोली गरेका थिए । उनको कम्मर माथि गोली लागेको छ।

गोलि प्रहारबाट घाइते भएकी विष्टलाई तत्कालै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि लगिएको थियो । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा रिफर गरिएको थियो । त्यहाँ पनि उपचार हुन सकेपछि थप उपचारका लागि चितवन रिफर गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी डिएसपी सुरज कार्कीले ग्लोबल आवाजलाई बताए ।

‘घटना लगत्तै उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि भैरहवा र यहाँ गोलि निकाल्न सकिएपछि साढे ४ बजे तिर भैरहवाबाट चितवन रिफर गरिएको छ’, डिएसपी कार्कीले भने ।

प्रवक्ता कार्कीका अनुसार गोलि प्रहार गर्ने ती युवा भारतीय नागरिक आलम अन्सारी भए पनि पनि उनको ठेगाना खुल्न सकेको छैन् । ‘गोलि प्रहार गर्नेको अहिलेसम्म नाम मात्रै खुलेको छ । ठेगाना भने खुल्न सकेको छैन् । अहिले हामी अनुसन्धानमा नै छै सबै विवरण खुल्दै जान्छ’, उनले भने । 

स्थानीयका अनुसार ती युवा र युवती विच केही समय पहिला भनाभन समेत भएको थियो ।

प्रेम प्रस्ताव अस्वीकार गर्दा गोली प्रहार

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी कार्कीका अनुसार युवतीले प्रेम प्रस्ताव अस्वीकार गरे पछि गोलि प्रहार गरेको हुन सक्ने बताए । 

‘अहिलेसम्मको अनुसन्धानले ती भारतीय युवाले एकतर्फी माया गर्ने गरेको र महिलाले अस्वीकार गरेपछि गोलि प्रहार गरेको हाम्रो आंकलन छ’, उनले भने । 

गोलि प्रहारबाट ती युवा भारत तर्फ भाग्न सक्ने भएकाले सिमानाकामा कडा निगरानी राखिएको प्रवक्ता कार्कीले बताए । 

‘यहाँबाट सिमानाका नजिकै छ । यसकारणले हामीहरुले सिमानाकामा कडा निगरानी गरिएका छौँ ’, उनले भने ।

 

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।