काठमाडौं । सरकारसँग वार्तापछि राष्ट्रिय शिक्षक महासंघले बैठक बोलाएको छ । महासंघले आज दिउँसो ३ः१५ मा रत्नराज्य मा वि बानेश्वरमा बैठक डाकेको हो ।
समसामयिक विषयमा छलफल हुने महासंघले जनाएको छ । बैठकमा राष्ट्रिय समितिका सदस्यहरु, आबद्ध सम्बद्ध संस्थाका अध्यक्ष र महासचिवहरु, प्रदेश आन्दोलन परिचालन समितिका संयोजक, सहसंयोजक र सचिव तथा जिल्ला आन्दोलन परिचालन संयोजकहरूलाई उपस्थित हुन अनुरोध गरेको छ ।
शिक्षक महासंघका प्रतिनिधिले हिजो प्रधानमन्त्री र सभामुखसँग बेग्लाबेग्लै छलफल गरेका थिए।
प्रतिक्रिया