ताजा अपडेट »

अब चाही शिक्षकहरुको रमिता बढी भयो : नेतृ झाँक्री

शनिबार, ०६ बैशाख २०८२, १० : ३९
84 Shares
शनिबार, ०६ बैशाख २०८२
84 Shares

बुटवल । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले आन्दोलनरत शिक्षकहरूको रमिता धेरै भएको टिप्पणी गरेकी छन्। विद्यालय शिक्षा विधेयकको माग राख्दै १८ दिनदेखि काठमाडौंको सडकमा उत्रिएका शिक्षकहरूले सरकारको कुरा नसुनेर रमिता देखाएको आरोप लगाएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले सडकबाटै सबै कुराको समाधान खोज्नु गलत भएको टिप्पणी गरेकी हुन् । शिक्षक महासंघका प्रतिनिधिले हिजो प्रधानमन्त्री र सभामुखसँग बेग्लाबेग्लै छलफल गरेका थिए। तर सहमति नजुटेपछि आन्दोलन र वार्ता सँगै अघि बढाउने शिक्षक महासंघको निर्णय छ।

शिक्षक आन्दोलनबारे पूर्वमन्त्री समेत रहेकी झाँक्रीले भनाइ यस्तो छ 

अब चाहि शिक्षकहरूको रमिता बढी भयो।
मैले पनि यो सडकलाई नजिकबाट हेरिरहेकी छु। यतिका दिन बित्यो आउने नाच्ने, गाउने जाने भएको छ। के शिक्षकलाई कसैले पनि सुनेन त भनेर चासो राखें। मध्यस्तकर्ता जस्तो भए पनि केही न केही काम गरौ भन्ने लाग्यो। शिक्षक, सरकार र संसदको बिचमा समन्वय र संवाद गराउनु पर्यो भनेर धेरै कोणबाट उहाँहरूसंग कुरा पुराउने, संवाद गर्ने प्रयास पनि गरें। तर उहाँहरू त संवाद नै नगर्ने रे ? शिक्षा ऐन ऐले पास हुनुपर्छ अन्यथा हामी विधालय फर्कदैनौ भन्नुहुन्छ। के ऐन सडकबाट पास हुने हो र ?

विधेयक पास गर्ने संसद र सरकारको आफ्नो कानूनले निर्धारण गरेको प्रक्रिया हुदैन ? के सडकको रमितामा पुगेका सांसद, पूर्वमन्त्री, पूर्वप्रम र नेताहरुले सडकबाटै ऐन पास गर्दिनुहुने रहेछ ? समितिमा दफावार छलफलमा रहेको विधेयक पास नभई फर्कन्नौ भन्न मिल्छ ? राज्यको तलव खाएका शिक्षक कर्मचारीले भर्नाको बेला विद्यालय बन्द गरेर लाखौ विद्यार्थीको भविष्य अन्यौल बनाउन मिल्छ ? निजी स्कूलले धमाधम भर्ना गरेर कक्षा चलाउन लागिसकेका छन। यहाँहरूले पढाएका कयौ विद्यालयको  रिजल्ट सून्य छ। के यो विषयमा चिन्तित हुनहुन्छ ?

आगामी दिनमा सुधार्न के गर्नुपर्छ भनेर कतै छलफलमा रूचि देखाउनु भएको छ ? ऐन आउँछ भनेर सरकारले प्रतिबद्धता जनाएको छ। सरोकारवाला सबैको चासो पनि छ । शिक्षकहरूले यतिसम्म ध्यानाकर्षण गराउनु ठिकै हो । किन भने ऐन पहिले नै आउनुपर्ने थियो, आउन सकेन। अब आउँछ। विधेयक समितीमा दफावार छलफलमा छ। विधेयक संसोधनसहित पास हुने भएकोले पनि छलफलले समय लिएको हो। अब भने विधेयक समितीबाट पास हुने प्रक्रिया छ। समितीले पास गरेपछि हाउसमा जान्छ। सरकारको प्रतिबद्धता छ, यो अधिवेशनमा ऐन आउँछ। सर/मेडमहरू अब विद्यालयमा फर्कनुस। आफ्नो जिम्मेवारी बहन गर्नुस। सरकार र संसदलाई विश्वास गर्नुस। जिम्मेवार नेता साथिहरू ! ऐक्यवद्धताको रमिता तपाईहरू पनि नगर्नुस बल र कोर्ट दुबै तपाईकै खुट्टामा छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।