ताजा अपडेट »

नेपालगंजमामा लुम्बिनी कप महिला फुटबलमा सुरू, आर्मीको विजयी शुरूवात

शनिबार, ०६ बैशाख २०८२, ०६ : ००
32 Shares
शनिबार, ०६ बैशाख २०८२
32 Shares

नेपालगंज । लुम्बिनी प्रदेसकाे नेपालगंजमा शुक्रबारबाट जारी अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले विजयी शुरूवात गरेको छ ।

शुक्रबार बाँकेकाे नेपालगंज रंगशालामा भएको उद्घाटन खेलमा आर्मीले सुदूरपश्चिम प्रदेश फुटबल संघलाई ४-० ले हराएकाे हाे । आर्मीको जितमा अनिता लम्जेलले दुई तथा हेमा चौधरी र तुलसा बोहराले समान एक गोल गरेका थिए। खेलको प्लेअर अफ दि म्याच आर्मीकै अनिता घोषित भइन् ।

आफ्ना तीन महत्वपूर्ण खेलाडीहरु दीपा शाही, अमिषा कार्की र विमला चौधरीबिना मैदान उत्रिएको आर्मीले पहिलो हाफमा मात्र एक गोल गरेको थियो । जितपछि आर्मी सेमिफाइनलमा प्रवेश गरेको छ । अब, आर्मीले फाइनल प्रवेशको लागि अर्काे विभागीय टोली नेपाल पुलिस क्लब र भारतको सिलगुडी फुटबल संघको विजेतासँग वैशाख ९ गते खेल्नेछ । यस्तै पुलिस र सिलगुडीबीच आज शनिबार प्रतिस्पर्धा हुनेछ ।

आर्मी फागुन अन्तिम साता इलाममा भएको महिला गोल्डकप र चैतमा चितवनमा भएको प्रतियोगितामा दोस्रो भएको थियो ।

पहिलो पटक आयोजना भएको लुम्बिनी कपमा आठ टोली सहभागी छन् । घरेलु टिम बाँके-११, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश फुटबल संघ, सुदूरपश्चिम प्रदेश फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ र भारतको सिलगुडी फुटबल क्लबले उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन्।

जिल्ला फुटबल सङ्घ बाँकेको सहकार्यमा अन्तरालले आयोजना गरेकाे याे प्रतियाेगिता वैशाख १२ गतेसम्म चल्ने छ । प्रतियोगितामा ८ टिमको सहभागीता रहेको छ । प्रतियोगिताको विजेता टिमले पाँच लाख पाँच हजार ५५५ र उपविजेता टिमले दुई लाख ५० हजार, ट्रफी, मेडल प्राप्त गर्नेछन् ।

प्रतियाेगिताकाे युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले शुक्रबार उद्घाटन गरेका हुन ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।