बुटवल । मुणिमुकुन्द भलिवल क्लब तिलोत्तमा रूपन्देहीले आयोजना गरेको १० औँ मणिमुकुन्द भलिवल कप पुरूष इन्डो नेपाल क्लब च्याम्पियनसिप प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।
तिलोत्तमा २ मा रहेको मणिमुकुन्द भलिवल क्लबको आफनै खेल मैदानमा शनिबार हुने भलिवल प्रतियोगितामा नेपालका विभागिय ३ वटा टिमसहित ७ वटा टिम रहेका छन भने भारतको गुजरातको १ टिमको सहभागिता रहेको छ । रात्रीकालिन भलिवल प्रतियोगिकाको उद्घाटन खेल आयोजक मणिमुकुन्द भलिवल क्लब र साग भलिवल एकेडेमी भारत बिच हुने छ भने दोस्रो खेल कोशी प्रदेश भलिवल संघ र गोल्कोट भलिवल क्लब बिच हुने छ ।
तिलोत्तमा नगरपालिकाको मुख्य प्रायोजनमा सन्चालित प्रतियोगितामा नेपाल र भारत र ईरानका भलिवल खेलाडीको सहभागिता रहेको मणिमुकुन्द भलिवल क्लबका अध्यक्ष लोकेन्द्र कुमार भन्डारीले बताए। गर्मी मौसमका कारण यसपटक रातिमा प्रतियोगिता गर्न लागिएको हो । साँझ ४ बजेबाट सुरू हुने खेल राती १० बजे सकिने गरी तयारी गरिएको अध्यक्ष भन्डारीले बताए ।
प्रतियोगितामा विभागिय टिम नेपाल प्रहरी शस्त्रप्रहरी, नेपाल आर्मी, गण्डकी प्रदेश, कोशी प्रदेश र आयोजक मणिमुकुन्द भलिवल क्लब गलकोट, भलिवल क्लब र भारतको साग भलिवल एकेडेमी गुजरातको सहभागिता रहेको प्रतियोगिताका खेल संयोजक सुरेन्द्र गुरूङले बताए ।
प्रतियोगितामा प्रथम हुनेले नगद रू ३ लाख ११ हजार एक सय ११ कप मेडल प्रमाण पत्र पाउने छन । दोस्रो हुने टिमले नगद २ लाख ११ हजार एक सय ११ कप मेडल प्रमाणपत्र हात पार्ने छन । तेस्रो हुनेले १ लाख ११ हजार एक सय ११ कप मेडल प्रमाण पत्र पाउने छन ।
सान्तवना हुने टिमले ६६ हजार ६ सय ६६ कप प्रमाणपत्र हात पार्ने छन । प्रतियोगितामा उत्कृष्ट खेलाडीले १५ हजार मेडल प्रमाणपत्र पाउने छन् भने प्रतियोगितामा विदागततर्फ ६ जना खेलाडीहरूलाई नगद रू १० हजार मेडल प्रमाणपत्रले पुरस्कृत गरिने क्लबका वरिष्ठ उपाध्यक्ष किसन चन्दले बताए ।
६ गतेबाट सुरू हुने प्रतियोगिता १३ गतेसम्म सन्चालन हुने आयोजक मणिमुकुन्द भलिवल क्लबका निवतमान अध्यक्ष मिलन रानाले बताए ।
प्रतिक्रिया