बुटवल । गुरुकुल कमर्स एकेडेमी (गुरुकुल सिए) ले रुपन्देहीको तिलोत्तमा ड्राइभरटोलमा शाखा विस्तार गरेको छ । चार्टर्ड एकाउन्टेन्सी अध्यापनमा उत्कृष्ट शैक्षिक संस्थाका रुपमा स्थापित गुरुकुल सिएले तिलोत्तमाको ड्राइभरटोलमा आफ्नो तेस्रो शाखा विस्तार गरेको हो ।
काठमाण्डौको बानेश्वरमा मुख्य कार्यालय रहेको गुरुकुल सिएले यसअघि चितवन र विराटनगरमा शाखा संचालनमा ल्याइसकेको र शुक्रबारदेखि रुपन्देहीमा तेस्रो शाखा संचालनमा ल्याएको हो । ड्राइभरटोलमा शाखाको शुभारम्भ गर्दै संस्थाका निर्देशक तथा प्रमुख सिए मेघराज अर्यालले चार्टर्ड एकाउन्टेन्सी (सिए) अध्ययन गर्न चाहने विद्यार्थीकालागि गुरुकुल उपयुक्त संस्था भएको बताए ।
उनले सिए अध्ययन र पास आउटकालागि रुपन्देही बाहिर जाने विद्यार्थीको बाध्यतालाई कम गर्नकालागि रुपन्देहीको ड्राइभर टोलमा शाखा शुभारम्भ गरिएको उल्लेख गर्दै बुटवल बाहिर अध्ययनकालागि जाने विद्यार्थीहरुलाई सहज हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा संस्थाका निर्देशक सिए मुकुल भट्टले गुरुकुलमा क्याप वान, क्याप टु र क्याप थ्रीको पढाई अनलाईन माध्यमबाट हुने र अनलाईन अध्यापनकालागि दक्ष र अनुभवी शिक्षकहरु रहेको बताए । उनले बानेश्वरबाट संचालन हुने अनलाईन कक्षा मुलुकका चारवटै शहरमा संचालन भइ रहेको उल्लेख गर्दै ड्राइभर टोलमा विभिन्न सिफ्टमा दैनिक एकसय ८० जना विद्यार्थीले अध्ययन गर्न सक्ने क्षमता रहेको समेत बताए ।
कार्यक्रममा निर्देशक तथा सिए अरुण अर्यालले उत्कृष्ट नतिजा ल्याउने र जेहन्दार विद्यार्थीलाई छात्रवृति समेत संस्थाले दिदै आएको बताए । उनले उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सत् प्रतिशत छात्रवृति समेत दिइने गरेको उल्लेख गर्दै नगद समेतबाट पुरस्कृत हुने गरेको जानकारी दिए ।
ड्राइभरटोल शाखाका प्रोग्राम कोर्डिनेटर रोजन न्यौपाने बुटवलमा केन्द्रीय कार्यक्रम अन्तरगतनै शाखा विस्तार गरिएको र बुटवल, भैरहवा, तिलोत्तमाबाट सिए अध्ययनकालागि काठमाण्डौ जान चाहने विद्यार्थीलाई ड्राइभरटोल शाखा उपयुक्त स्थान हुने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया