बुटवल । ११ वैशाखदेखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षा स्थगित भएको भन्दै सामाजिक संजालमा एउटा सूचना प्रेसित भइरहेको छ।
राष्ट्रिय परीक्षा बोर्डको लेटरहेडमा शुक्रबार सुचना जारी गर्दै अर्को सुचना जारी नभएसम्मका लागि परीक्षा स्थगित भएको भनिएको छ।
तर, बोर्डले भने परीक्षा स्थगितबारे कुनै निर्णय नगरेको प्रतिक्रिया दिएको छ। बोर्डका अध्यक्ष महाश्रम शर्माले उक्त सूचना भ्रामक रहेको जानकारी दिँदै परीक्षा स्थगित गर्ने कुनै निर्णय नभएको बताए।
प्रतिक्रिया