बुटवल । पाँच दशकदेखि अन्तर्राष्ट्रियस्तरमा शान्ति र आत्म चेतनाको ज्ञान प्रवाह गर्दै आएका विख्यात शान्तिदूत प्रेम रावत विशेष कार्यक्रम सहित रूपन्देही आउने भएका छन । आत्मज्ञान प्रसार सङ्घका मुख्य व्यक्ति समेत रहेका उनी रूपन्देहीकाे सैनामैनामा आत्मज्ञान र शान्तिको सन्देश प्रवाहका लागि प्रवचन दिन सनिबार आउन लागेका हुन् ।
आत्मज्ञान प्रचार संघ नेपालले सैनामैना स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला हुने कार्यक्रमको सम्पूर्ण आवश्यक तयारी पुरा भएको जनायएकाे छ । आत्मज्ञान प्रसार सङ्घ नेपालद्वारा शनिबार बिहान रुपन्देहीको सैनामैनामा -७मा रहेकाे गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालामा आयोजना हुने कार्यक्रममा रावतले करिब दुई घण्टा शान्तिका लागि प्रवचन दिने छन । कार्यक्रम बिहान ७ः३० बजेदेखि सुरु भई १०ः०० बजेसम्म सम्पन्न हुनेछ ।
तीनओटा विधामा गिनिज वल्र्ड रेकर्ड प्राप्त तथा सर्वाधिक विक्री भएको पुस्तकका लेखक समेत रहेको रावत एक दशकको अन्तरालपछि पुनः नेपालमा आफनो विशेष कार्यक्रमसहित आफ्नो जीवन्त शान्तिको सन्देश दिन आउन लागेका हुन ।
उनले दशकअघि चितवनकाे भरतपुर र कास्कीकाे पोखरामा विश्व शान्तिको कामना गर्दै प्रवचन दिएका थिए । विमान चालकसमेत रहेका रावतका विश्व शान्तिसम्बन्धी प्रवचन एक सय १० भन्दा बढी देशमा प्रत्यक्ष प्रसारण हुँदै आएको आयोजकको दाबी छ ।
उनका नाममा स्थापित द प्रेम रावत फाउन्डेसनले शान्ति शिक्षासम्बन्धी कार्यक्रम विश्वका ८७ बढी देशमा ४६ भाषामा सञ्चालन गरिरहेको आयोजक संस्थाले जानकारी दिएको छ ।
प्रतिक्रिया