ताजा अपडेट »

बुटवल बहुमुखी क्याम्पसमा १५ दिन भित्रमा स्ववियूको निर्वाचन गर्न अदालतको आदेश

शुक्रबार, ०५ बैशाख २०८२, ०६ : ०९
80 Shares
शुक्रबार, ०५ बैशाख २०८२
80 Shares

बुटवल । बुटवल बहुमुखी क्याम्पसमा १५ दिन भित्रमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न अदालतले आदेश दिएको छ । 

विहीबार उच्च अदालत तुलसीपुर बुटवल इजलासले  बुटवल बहुमुखी क्याम्पसमा गत चैत ५ गते रोकिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन १५ दिनभित्र गर्न उत्प्रेषणयुक्त परमादेश दिएको छ ।

न्यायाधिश नारायणप्रसाद पौडेल र तेजेन्द्रप्रसाद सापकोटा शर्माको संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो ।

 बहुमुखी क्याम्पसमा अध्यनरत विद्यार्थी नविन खनालले निर्वाचनको माग गरी उच्च अदालतमा रिट दायर गरेका थिए । उनले बुटवल बहुमुखी क्याम्पसका प्रमुख लगायतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

 

490511485_9924365054261566_7160492416187540270_n491999274_9924365207594884_4995121475887547728_n

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।