मध्यविन्दु (नवलपरासी । वर्षाका कारणा दाउन्ने क्षेत्रको बाटो हिलो र चिप्लो भएका कारण नारायणगढ–बुटवल सडकखण्ड अवरूद्ध भएको छ । बिहिबार भएको वर्षाका कारण दाउन्ने क्षेत्रमा सवारीसाधन आवतजावत गर्न कठिनाइ भएपछि अहिले यो राजमार्गमा सवारी सञ्चालन गर्न समस्या भएको हो ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा वर्षाका कारणले सडक हिलो भएकाले गाडी उकालो र ओरालोमा चिप्लिएर सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले बताए । अहिले दाउन्ने क्षेत्रमा सयौँ सवारी जाममा परेका छन् । हिलोमा गाडी फसेकाले सडक अवरुद्ध भएको हुँदा जेसिभीले तानेर सवारी सञ्चालन गरिरहेको प्रहरी उपरीक्षक ढकालले बताए ।
राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म दाउन्ने सडक बन्द गरेर विस्तारको काम गर्ने गरिए पनि आज दिउँसो देखिको जामले सयौँ सवारी बीच सडकमा रहेकाले विस्तारको कामसमेत रोकिने भएको छ ।
अहिले दाउन्ने सडक खण्डमा पहाड काट्ने, पर्खाल लगाउने र कल्भर्ट निर्माणको काम धमाधम भइरहेकोअवस्थामा आजकाे वर्षाले सडक पुनः अवरुद्ध बनाएको हो ।
दाउन्ने क्षेत्रमा गत वैशाख १ गतेदेखि १५ गतेसम्म राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म आवागमन रोकेर विस्तारको काम भइरहेको छ ।
प्रतिक्रिया