ताजा अपडेट »

श्री गण्डकी कोटिहोम महायज्ञका हरेक कार्यक्रममा वार्ड परिवार साथमा छः अध्यक्ष राधिका शाह

विहीबार, ०४ बैशाख २०८२, २० : १७
22 Shares
विहीबार, ०४ बैशाख २०८२
22 Shares

पोखरा । पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालित ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम महायज्ञ पोखरा महानगरपालिका वार्ड नं। १७ को परिवार सकारात्मक र कार्यक्रममा आफ्नो साथ रहेको वार्ड अध्यक्ष राधिका शाहले बताएकी छन् । कोटिहोम महायज्ञको पूर्व सन्ध्यामा आयोजित भूमी पूजन कार्यक्रममा सहभागी भएकी वार्ड अध्यक्ष शाहले सम्बोधन गर्दै कोटिहोम सफल बनाउनको लागि सिङ्गगो वार्ड परिवारको सकारात्मक साथ रहने बताएकी छन् ।

“विविध कारणले गर्दा अन्ततः कोटिहोम महायज्ञ वार्ड नं। १७ मा सञ्चालन भएकोमा हामी अत्यन्तै खुशी छौं । यसलाई सफल पार्नको लागि हामी निकै सकारात्मक भएर लागिरहेका छौ,निरन्तर अन्त्य सम्म लागि पर्ने छौं ।” सम्बोधनका क्रममाः अध्यक्ष शाहले भनिन यस कोटिहोम महायज्ञले पछिल्लो समयमा भएका विकृती र विसंगतीहरुलाई अन्त्य गर्नको लागि पनि कोशे ढुङ्गा बन्ने छ ।

अहिले कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा वाल बिदुषी अनुराधा पाण्डेय ज्यूले कथा प्रवचन गरिरहेकी छिन् । अहिले दैनिक भक्तजनहरुको बाक्लो उपस्थित रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।