ताजा अपडेट »

बागमती प्रदेशस्तरीय पावरलिफ्टिङ प्रतियोगिताको तयारी पुरा

विहीबार, ०४ बैशाख २०८२, १८ : ५९
32 Shares
विहीबार, ०४ बैशाख २०८२
32 Shares

काठमाडौं । दशरथ रंगशालामा बागमती प्रदेशस्तरीय पावरलिफ्टिङ प्रतियोगिताको तयारी पुरा भएको छ । ललितपुर जिल्ला पावरलिफ्टिङ संघको आयोजना तथा नेपाल पावरलिफ्टिङ संघको सहकार्यमा यहि बैशाख ५ र ६ गते उक्त प्रतियोगिता हुन लागेको हो ।

यो प्रतियोगिताबाट आगामी अगस्टमा काठमाडौंमा आयोजना हुने एसियन पावरलिफ्टिङ प्रतियोगिताका लागि खेलाडीसमेत छनोट गरिने आयोजकका अध्यक्ष सुन्दर भुसालले जानकारी दिए ।

प्रतियोगितामा पुरुष ५९, ६६ ७४, ८३ केजीमूनि र ८३ केजीमाथिको तौल समूहको प्रतिष्पर्धा हुनेछ । महिलातर्फ ५७, ६३, ६९ केजीमूनि र ६९ केजीमाथिको तौल समूहका इभेन्ट सञ्चालन हुनेछन् ।प्रतियोगितामा प्रत्येक तौलका प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २० हजार, १५ हजार र १० हजार प्रदान गरिनेछ । उमेर समूहतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, १५ हजार र १० हजार पाउनेछन् । योसँगै पुरुष र महिलातर्फ ओपन श्रेणीका विजेताले नगद एक लाख पाउनेछन् ।

प्रतियोगिता सम्पन्न गर्न २५ लाख खर्च लाग्ने आयोजकले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।