ताजा अपडेट »

प्रहरीका ६ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस

विहीबार, ०४ बैशाख २०८२, १७ : ४६
288 Shares
विहीबार, ०४ बैशाख २०८२
288 Shares

काठमाडौं । नेपाल प्रहरीका ६ जना डीआईजीहरुलाई अतिरिक्त महानिरिक्षक (एआईजी) बढुवा गर्न सिफारिस गरिएको छ । बिहिबार बसेको बढुवा समितिको बैठकले चन्द्र कुवेर, लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र डा मनोज कुमार केसीलाई बढुवा सिफारिस गरेको छ ।

दान बहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसी र २०५४ चैत १८ मा इन्स्पेक्टरबाट प्रहरीमा प्रवेश गरेका थिए । भुटानी शरणार्थी प्रकरणको फाइल खोलेर चर्चामा आएका डा केसी पनि बढुवा सिफारिसमा परेका छन् ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।