ताजा अपडेट »

निजी शैक्षिक संस्थामा पठनपाठन सुरु, सामुदायिक विद्यालय बन्द

विहीबार, ०४ बैशाख २०८२, १४ : १८
126 Shares
विहीबार, ०४ बैशाख २०८२
126 Shares

बुटवल । विगत १६ दिनेदेखि जारी शिक्षक आन्दोलनले देशभरका सामुदायिक विद्यालय बन्द छन् । शिक्षक महासङ्घको नेतृत्वमा जारी आन्दोलन थप आक्रामक हुँदै गइरहेको छ । जसको प्रभाव  देशभरको सामुदायिक विद्यालयमा परेको छ । नयाँ शैक्षिक सत्रको सुरु भए पनि भर्ना कार्यक्रम सुरु हुन सकेको छैन । 

महासङ्घले जिल्ला जिल्लाबाट आन्दोलनमा सहभागी हुन शिक्षक कर्मचारीलाई काठमाडौंमा जम्मा हुन उर्दी नै जारी गरेको छ । महासङ्घका नेताहरूले आन्दोलनमा सहभागी नहुने, विद्यालय सञ्चालन गर्ने शिक्षक तथा कर्मचारीहरूमाथि निगरानी समेत गरेको हुनाले अहिले विद्यालयहरू पूर्णरुपमा बन्द भएको छ । 

उता निजी शैक्षिक संस्थाहरुमा भने पठपाठन सुरु भएका छन् । निजी शैक्षिक संस्थाहरुले पठपाठन सुचारु गर्नुका साथै भर्ना अभियानलाई पनि तिब्रता दिएका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।